२५ वर्ष पुरानो कथामा ‘बाटुली’ « Khabarhub

२५ वर्ष पुरानो कथामा ‘बाटुली’


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ पारिवारिक टेलिफिल्म ‘बाटुली’ प्रसारण सुरु भएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको टेलिफिल्म न्युज नेपाल एचडी टेलिभिजनबाट मंगलबारदेखि प्रसारण सुरु भएको हो ।

सञ्चारकर्मी गोपीकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा तयार भएको ‘बाटुली’मा २५ बर्ष पुरानो कथामा निर्माण गरिएको हो । निर्देशक चापागाईंले मोबाइल युगभन्दा अघि नेपाली गाउँ समाजमा सासु र बुहारीबिच हुने विभेदलाई टेलिफिल्ममा देखाइएको बताए । टेलिफिल्ममा गोपीकृष्णकै कथा छ ।

‘बाटुली’को निर्माण नेपालको मध्य जिल्ला नवलपरासी पुर्व नवलपुरमा गरिएको हो । अर्का निर्देशक अधिकारीका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं. ४ र ५ को झाँक्रे गाउँमा छायांकन गरिएको छ ।

टेलिफिल्ममा मौसमी मल्ल, सिपी पौडेल, संगम भुषाल, खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समीक्षा लामिछाने, बाल कलाकार खुशी अर्याललगायतको अभिनय रहेको छ ।

अनिल लामिछानेको छायांकन रहेको ‘बाटुली’मा शारदा पौडेलको श्रृंगार, वीरेन्द्र भाट ‘विपिन’, निरज पन्थीको सहायक निर्देशन छ । ‘बाटुली’ आर्टिष्ट खबरको युट्युवमा मंगलबार साँझ ८ बजेबाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ५ : ३५ बजे

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्

सिंहदरबार संवाद : सांसदहरू बोलिरहे, प्रधानमन्त्री सुनिरहे

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको