प्राज्ञिक शोध गर्नेलाई राष्ट्र बैंकले शोधवृत्ति उपलब्ध गराउने | Khabarhub Khabarhub

प्राज्ञिक शोध गर्नेलाई राष्ट्र बैंकले शोधवृत्ति उपलब्ध गराउने


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले प्राज्ञिक शोध तथा अनुसन्धान गर्नेलाई सहायता गर्ने भएको छ ।

सो कार्यका लागि नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय समझदारी भएको छ । प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने गरी भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यही भदौ १ गते बैंकका तर्फबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वद्यिालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा डा रामजी गौतमले हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारीअनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँच/पाँच जना, एमफिल र विद्यावारिधितर्फका दुई/दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्ने प्रयोजनका लागि केन्द्रीय बैंकले वार्षिकरूपमा शोधवृत्ति (फेलोसिप) उपलब्ध गराउनेछ । यस्तै बैंकमा उपलब्ध हुने इन्टनसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई प्राथमिकता दिइने समझदारीसमेत भएको छ ।

कार्यक्रममा गभर्नर अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आफैँमा सकारात्मक शुरुवात भएको बताए । उनले यो सहकार्यले प्राज्ञिक शोध/अनुसन्धानमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।

कामु कार्यकारी निर्देशक घिमिरेले उक्त समझदारीले शोध/अनुसन्धान कार्यमा सहकार्य हुने, ज्ञान आदानप्रदानमा टेवा पुग्ने तथा अनुसन्धानबाट महत्वपूर्ण नीतिगत स्रोत सामग्री उपलब्ध हुने विश्वास व्यक्त गरे । बैंकले अन्य विश्वविद्यालयसँग पनि यस्तै सहकार्य गर्ने नीति लिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ९ : ४५ बजे

रास्वपाबाट केन्द्रीय समिति बैठक आह्वान, यस्ता छन् एजेण्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको

तीन महिनामा पनि खुलेन पर्सामा फैलिएको हैजाको स्रोत, संक्रमित बढ्दै

मधेस प्रदेशको पर्सामा फैलिएको हैजाको पकोेप अझै नियन्त्रणमा आउन सकेको

मलाई कवाडी वैज्ञानिक मन्त्री भन्नू : महावीर पुन

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस  राष्ट्रिय आविष्कार केन्द्रका

सुगम जिल्लाको दुर्गम बस्ती ‘खल्ला मसेट्टी’

कञ्चनपुर– सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै विकासका आधारभूत सुविधाबाट

दशैँ सुरु भएसँगै काठमाडौं छाड्नेको भीड (तस्बिरहरू) 

काठमाडौं– हिन्दूहरूको महान पर्व बडादशैँ आजदेखि सुरु भएको छ ।