प्रेरक प्रसङ्ग : आत्मविश्वास | Khabarhub Khabarhub

प्रेरक प्रसङ्ग : आत्मविश्वास


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक जगदीशचन्द्र बसु विरुवाको संवेदनशीलता सिद्ध गर्नका लागि इङ्ग्ल्याण्ड गए । उनको यो प्रदर्शन वैज्ञानिकको एक सभा हुन लागेको थियो ।

एउटा विरुवामा विषको इन्जेक्शन लगाएर त्यसले पार्ने प्रतिक्रिया सबैलाई देखाएर आफ्नो कुरा सिद्ध गर्न चाहन्थे ।

एउटा विरुवामा इन्जेक्शन लगाइयो । तर विरुवालाई केही भएन । त्यो विरुवा जस्ताको तस्तै रहिरह्यो ।

यदि विरुवामा यो विषले काम गरेन भने ममा पनि गर्नेछैन । यति भन्दै उनले त्यही विषको अर्काे सुई आफ्नो हातमा लगाए ।
सबै वैज्ञानिक स्तब्ध भए । विषको इन्जेक्शन लगाउनाले के हुनसक्छ यो सबैलाई थाहा थियो । तर उनलाई केही भएन ।

यसमा इन्जेक्शनको जाँच गरियो तब पत्ता लाग्यो गल्तीले विषको स्थानको इन्जेक्शनमा अरु नै कुनै औषधीको प्रयोग गरिएको थियो ।
अर्काे पटक सुई लगाइयो तब विरुवामा यसले तत्काल प्रतिक्रिया देखायो ।

यस्ता आत्मविश्वासी मानिस थिए, जगदीशचन्द्र बसु ।

साभार : ‘प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ६ : ४५ बजे

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस