प्रेरक प्रसङ्ग : आत्मविश्वास « Khabarhub

प्रेरक प्रसङ्ग : आत्मविश्वास


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक जगदीशचन्द्र बसु विरुवाको संवेदनशीलता सिद्ध गर्नका लागि इङ्ग्ल्याण्ड गए । उनको यो प्रदर्शन वैज्ञानिकको एक सभा हुन लागेको थियो ।

एउटा विरुवामा विषको इन्जेक्शन लगाएर त्यसले पार्ने प्रतिक्रिया सबैलाई देखाएर आफ्नो कुरा सिद्ध गर्न चाहन्थे ।

एउटा विरुवामा इन्जेक्शन लगाइयो । तर विरुवालाई केही भएन । त्यो विरुवा जस्ताको तस्तै रहिरह्यो ।

यदि विरुवामा यो विषले काम गरेन भने ममा पनि गर्नेछैन । यति भन्दै उनले त्यही विषको अर्काे सुई आफ्नो हातमा लगाए ।
सबै वैज्ञानिक स्तब्ध भए । विषको इन्जेक्शन लगाउनाले के हुनसक्छ यो सबैलाई थाहा थियो । तर उनलाई केही भएन ।

यसमा इन्जेक्शनको जाँच गरियो तब पत्ता लाग्यो गल्तीले विषको स्थानको इन्जेक्शनमा अरु नै कुनै औषधीको प्रयोग गरिएको थियो ।
अर्काे पटक सुई लगाइयो तब विरुवामा यसले तत्काल प्रतिक्रिया देखायो ।

यस्ता आत्मविश्वासी मानिस थिए, जगदीशचन्द्र बसु ।

साभार : ‘प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ६ : ४५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार