कसरी सफा गर्ने मुख र दाँत ? « Khabarhub

कसरी सफा गर्ने मुख र दाँत ?


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अनुहारमा भएका हरेक अंग जस्तै मुख महत्वपूर्ण छ । खान, बोल्न, हास्न लगायका काममा मुखको महत्व रहने गर्दछ ।

त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगरे गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग समेत निम्तिन सक्छ ।

मुखको सफाइमा के गर्ने ?
– पानी प्रशस्त पिउने ।
– धेरै तातो र धेरै चिसो नखाने ।
– सकेसम्म धेरै गुलियो, अमिलो खानेकुरा नखाने ।
– मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।
– मुखमा खानेकुरा राखेर नसुत्ने ।
– बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।
– बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।
– रेसा भएको र पोसिलो खानेकुरा खाने ।

यस अलावा वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउनु पर्दछ । यसकालागि डेन्टल फ्लसको प्रयोग गर्न सकिन्छ । यस अलावा दाँतको सुरक्षाकालागि निम्न काम गर्नु पर्दछ ।

– दाँत माझ्दा हतारमा वा जोडसँग घोटेर नमाझ्ने ।
– नरम ब्रसले दाँत माझ्ने ।
– दाँत माझ्दा जिब्रो पनि सफा गर्ने ।
– दाँत माझ्न फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।
– हरेक ५ महिनामा दाँत जँचाउने ।

स्मरण रहोस्, दाँत र मुखमा देखिने समस्या र मुख गन्हाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : २५ बजे

कुलमानले भने- पोखराको पर्यटनका लागि ‘सडक र हवाई कनेक्टिभिटी’ महत्त्वपूर्ण छ

कास्की– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको

कार्यकाल बाँकी हुँदै उपसभामुखको राजीनामा, गाडीसमेत बुझाएर सिंहदरबार छाडिन्

काठमाडौं- पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा

कुमारीको उपस्थितिमा सेतो मछिन्द्रनाथ स्नान (तस्बिरहरू)

काठमाडौं– यस वर्षको दशैंमा परिवर्तन भएकी कुमारी आर्या तारा शाक्यको

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोक्यो

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा