नितम्ब ठूलो हुनु हेर्नलाई मात्र होइन स्वास्थ्यका लागि पनि राम्राे   « Khabarhub

नितम्ब ठूलो हुनु हेर्नलाई मात्र होइन स्वास्थ्यका लागि पनि राम्राे  


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

यदि मानिसको तौल ठिक छ तर नितम्ब, तिघ्रा र खुट्टामा धेरै बोसो जमेको छ भने स्ट्रोक, मधुमेह र हृदयाघातको आशंका कम हुन्छ ।

सेल रिसर्च जर्नलमा छापिएको एक अनुसन्धानकाअनुसार जसको शरीरको तल्लो भागमा बोसो कम हुन्छ उसमा हृदय रोग र मृत्युको आशंका बढी हुन्छ ।

जसअनुसार माेटाे मानिसलाई भने खतरा मानिएकाे छ। मोटो मानिसको फोक्सो र मुटुको वरिपरि बोसो धेरै हुने भएकाले उनीहरूमा हृदयाघातको सम्भावना धेरै हुन्छ । मधुमेह विशेषज्ञ नोर्बर्ट स्टीफनले उक्त शोधको समर्थनमा भनेका छन्, ‘उचित तौल भएका यस्ता मानिस स्वस्थ हुन्छन् जसको शरीरको आकार नास्पातीको जस्तो हुन्छ ।’

शोधकाअनुसार नितम्ब र तिघ्रा बोसो खपतका लागि सुरक्षित स्थान हो । पेटको बोसोको तुलनामा तिघ्रा र नितम्बको बोसो राम्राे मानिन्छ । पेटको बोसोले रगतमा फ्याटी एसिड धेरै छोड्ने गर्दछ जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक र कोलेस्ट्रोलको खतरा बढ्ने गर्दछ ।

स्रोत- बीबीसी

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ४ : ०८ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित