फिल्म प्रदर्शन गर्न छलफलमा ‘हिजो आजका कुरा’ | Khabarhub Khabarhub

फिल्म प्रदर्शन गर्न छलफलमा ‘हिजो आजका कुरा’


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड महामारीका कारण बन्द रहेका फिल्म हल खोल्न प्रशासनले अनुमति दिएपछि फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनका लागि छलफलमा जुटेको छ । २०७७ वैशाख १२ गते रिलिज मिति घोषणा गरिएको यो फिल्म लकडाउनका कारण पछाडि धकेलिएको थियो ।

फिल्मका निर्देशक साकार पन्तले फिल्म रिलिज गर्न आफूहरु आतुर रहेको बताए । ‘हामी हल सञ्चालक, वितरकहरुसँग छलफल गरिरहेका छौ । अहिले कोरोना संक्रमण घट्दै गइरहेको र जनजीवन सामान्य बन्दै गइरहेको अवस्था सरकारले हल खोल्न अनुमति दिइसकेको छ । त्यसकारण अब हामी फिल्म प्रदर्शनको तयारीमा लागेका छौ’, साकारले भने ।

साकारले चलचित्र विकास बोर्ड, हल सञ्चालक, वितरक, दर्शक, सबैको साथ भएमा फिल्म क्षेत्र चलायमान बनाउन आफुहरु अघि बढ्न तयार रहेको बताए । उनका अनुसार फिल्मको प्रदर्शन मिति केही दिनमा सार्वजनिक हुनेछ ।

पन्त फिल्म प्रोडक्सनको व्यानरमा अभिनेता सन्तोष पन्तको कथा र निर्माण रहेको फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रिमा विश्वकर्मा, जयनन्द लामा, जेबिका कार्की, रमेश अधिकारी, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

रवी सायमीको छायांकन रहेको फिल्ममा सन्दीप किस्नाको पटकथा, प्रतिभा पन्तको कार्यकारी निर्माण, बैकुण्ठप्रसाद उपाध्याय(अशोक) र सचितकुमार मिश्रको सहनिर्माण छ । फिल्मको ‘माया जदौ’ गीत युट्युबमा हालसम्म दुई करोड बढी पटक हेरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : ३५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ