फिल्म प्रदर्शन गर्न छलफलमा ‘हिजो आजका कुरा’ « Khabarhub

फिल्म प्रदर्शन गर्न छलफलमा ‘हिजो आजका कुरा’


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड महामारीका कारण बन्द रहेका फिल्म हल खोल्न प्रशासनले अनुमति दिएपछि फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनका लागि छलफलमा जुटेको छ । २०७७ वैशाख १२ गते रिलिज मिति घोषणा गरिएको यो फिल्म लकडाउनका कारण पछाडि धकेलिएको थियो ।

फिल्मका निर्देशक साकार पन्तले फिल्म रिलिज गर्न आफूहरु आतुर रहेको बताए । ‘हामी हल सञ्चालक, वितरकहरुसँग छलफल गरिरहेका छौ । अहिले कोरोना संक्रमण घट्दै गइरहेको र जनजीवन सामान्य बन्दै गइरहेको अवस्था सरकारले हल खोल्न अनुमति दिइसकेको छ । त्यसकारण अब हामी फिल्म प्रदर्शनको तयारीमा लागेका छौ’, साकारले भने ।

साकारले चलचित्र विकास बोर्ड, हल सञ्चालक, वितरक, दर्शक, सबैको साथ भएमा फिल्म क्षेत्र चलायमान बनाउन आफुहरु अघि बढ्न तयार रहेको बताए । उनका अनुसार फिल्मको प्रदर्शन मिति केही दिनमा सार्वजनिक हुनेछ ।

पन्त फिल्म प्रोडक्सनको व्यानरमा अभिनेता सन्तोष पन्तको कथा र निर्माण रहेको फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रिमा विश्वकर्मा, जयनन्द लामा, जेबिका कार्की, रमेश अधिकारी, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

रवी सायमीको छायांकन रहेको फिल्ममा सन्दीप किस्नाको पटकथा, प्रतिभा पन्तको कार्यकारी निर्माण, बैकुण्ठप्रसाद उपाध्याय(अशोक) र सचितकुमार मिश्रको सहनिर्माण छ । फिल्मको ‘माया जदौ’ गीत युट्युबमा हालसम्म दुई करोड बढी पटक हेरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : ३५ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र