आज छानिदै नयाँ ‘कमेडी च्याम्पियन’ « Khabarhub

आज छानिदै नयाँ ‘कमेडी च्याम्पियन’


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजनमा रुचाइएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फिनाले आज राती ९ बजे हुँदैछ । यसपटक ताप्लेजुङका भरतमणि पौडेल, भारत सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा शीर्ष उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् ।

च्याम्पियन विजेताले २५ लाख र एक कार पाउदा फस्ट रनरअपले मोटरसाइकल र सेकेण्ड रनरअपले स्कुटर उपहारका रुपमा पाउदैछन् ।

यसपटकको प्रतियोगितामा भरतमणिलाई बलियो दाबेदारका रुपमा हेरिएको छ । किनकी उनको हरेक साता एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिँदै आएका छन् । उनको पक्षमा नेकपा एमाले नेता योगेश भट्टराईले खुलेरै भोट मागिरहेका छन् ।

भरतमणिले गरेको पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाहको क्यारिकेचर सर्वाधिक रुचाइएको प्रस्तुतिमा परेको छ । यसबाहेक घरबेटीको चरित्र पनि उत्तिकै प्रशंसनीय छ ।

सिक्किमका विक्की पछिल्लोपटक ‘पेन्टोमाइम’ अभिनयले चर्चामा रहे । उनको यो प्रस्तुतिमा शोका तीन निर्णायक प्रदीप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले प्रशंसा गरे पनि अर्का निर्णायक सन्तोष पन्तले आलोचना गर्दा सामाजिक सञ्जालमा सन्तोषविरुद्ध अनेक टिप्पणी गरिएको थियो ।

गोरखाका सन्तोष पनि अर्का दाबेदारका रुपमा चिनिएका प्रतिष्पर्धी हुन् । उनले प्रहरी, डन, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालादेखि नेपाली टिचरसम्मको सम्झनालायक प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ३ : ०२ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,