अफगानिस्तानमा सहयोग गर्न राष्ट्र सङ्घको आग्रह | Khabarhub Khabarhub

अफगानिस्तानमा सहयोग गर्न राष्ट्र सङ्घको आग्रह


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुटेरेसले अफगानिस्तानको समर्थनमा शङ्घाई सहयोग सङ्गठन (एससीओ)का सदस्यसँग सहयोगको लागि आग्रह गरेका छन् ।

गुटेरेसले एसजीओ शिखर सम्मेलनमा शुक्रबार ताजिकिस्तानमा आयोजित कार्यक्रमा सन्देश पठाउँदै सो आग्रह गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । आफ्नो सम्बोधनको क्रममा, संयुक्त राष्ट्र सङ्घका महासचिवले अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।
सिन्ह्वाले संयुक्त राष्ट्रसङ्घ प्रमुखलाई उद्धृत गर्दै भनेको छ, ‘संयुक्त राष्ट्रसङ्घ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्ध छ । हामी अफगानी जनताको समर्थन गर्न को लागि तपाइँ सबैसँग काम गर्न को लागि तत्पर छौँ ।’

अफगानिस्तानको हालको स्थिति छिटो र अप्रत्याशित ढङ्गले विकसित हुँदै गएको छ । तर अफगानी जनता चरम गरिबीको उन्मूलन गर्न, रोजगारीको सुनिश्चितताको लागि, स्वास्थ्य र शिक्षा सेवा पुनःयथावतरूपमा सञ्चालन होस् भन्ने चाहान्छन् ।

विद्रोही तालिबानीले काबुल कब्जामा लिएर नयाँ सरकार घोषणा गरेपछि पछिल्लो समय संयुक्त राष्ट्रसङ्घका थुप्रै एजेन्सी अफगानिस्तानमा बिग्रिँदै गएको मानवीय स्थितिको बारेमा चिन्तित छन् ।

शुक्रवार संयुक्त राष्ट्रसङ्घ शरणार्थीका लागि उच्चायुक्त फिलिपो ग्रान्डीले अफगानिस्तानको मानवीय स्थितिलाई असाध्यै निराशाजनक भन्दै खाना, औषधि, आश्रय र अन्य आधारभूत आवश्यकताको व्यवस्थापनका निम्ति जोड दिएका थिए । एएनआई

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ६ : ५० बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी