माथि जाने पहिलो सिँढी : प्रेरक प्रसङ्ग « Khabarhub

माथि जाने पहिलो सिँढी : प्रेरक प्रसङ्ग


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

उनी स्कुलका मेधावी छात्र मानिन्थे । एक पटक स्कुलमा कथा प्रतियोगिता आयोजना गरियो । कथा लेख्नको लागि एक महिनाको समय दिइयो ।

केवल ती विद्यार्थीलाई मात्र हैन बरु उनका सबै साथीहरु तथा अध्यापकलाई पनि विश्वास थियो कि पुरस्कार उनैले पाउनेछन् । तर केवल एउटा कथा लेखनको लागि एक महिनाको समय दिनु भनेको मूर्खता हो भन्ने उनलाई लाग्यो । जब दुई दिन बाँकी रह्यो तब उनले हतारहतारमा एउटा कथा लेखे र दिए ।

जुन दिन पुरस्कारको घोषणा गरियो, त्यो दिन विद्यार्थीहरु बडो उल्लासले स्कुल पुगे । परिणाम घोषित भयो । पहिलो पुरस्कार उनले हैन अरु कुनै छात्रले पायो ।

क्षुब्ध भएर उनी घर फर्केर आए र रुन थाले । उनी रोएको उनकी दिदीले देखिन् र भनिन्— पुरस्कार पाएनौँ, यसले रोएको हो ? यो कुरा मलाई पहिला नै थाहा थियो । एक महिनाको काम तिमीले दुई दिनमा पूरा गर्‍यौ भने अरु के परिणाम हुन्छ ? ठीक समयमा हतार गरेर काम पूरा गर्ने तिम्रो पुरानो बानी छ । त्यसपछि फेरि उनले स्नेहपूर्वक भनिन्, अब रोएर केही फाइदा छैन । यदि साँच्चै तिमीलाई पराजयको दुःख छ भने तिमीले यो घटनालाई माथि जाने पहिलो सिँढी सम्झनु र भविष्यमा यस्तो भूल दोहोरिन नदिनु ।

दिदीको पाठले उनको आँखा खोलिदियो र उनले यो कुरालाई आदर्श मानेर आफैलाई यो साँचोमा ढाल्ने प्रयास गरे ।

पछि गएर यिनै बालक अर्नेस्ट हेमिङ्ग्वेको नामले विश्वप्रसिद्ध साहित्यकार भए । उनले साहित्यमा नोबेल पुरस्कार पनि प्राप्त गरे ।

साभार :‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ५ : ४३ बजे

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता