महिलामाथि हिंसाका घटना बढे « Khabarhub

महिलामाथि हिंसाका घटना बढे


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ ।

“सेफ हाउसमा अधिकांश महिला मदिरा सेवन गरी श्रीमान्ले हिंसाको समस्या लिएर पुग्ने गर्दछन् सेफ हाउसका मनोविर्मसकर्ता द्वारिका कुँवरले भने, “कुटपिट गर्ने, गालीगलौच गर्ने, मानसिक प्रताडनामा पार्नेलगायतका कार्य महिलामाथि हुने गरेको पाइएको छ ।” उनका अनुसार महिलामाथि शङ्का उपशङ्का गरी कुटपिट र वादविवाद भई महिलालाई प्रताडना गर्ने गरिएको छ । हिंसा पीडित २८१ महिलालाई सेफ हाउसबाट सेवा प्रदान गरिएको छ ।

ती मध्ये महिला २७६ र बालिका पाँच छन् । प्रहरीसँग सहकार्य गरी ५० महिलालाई न्याय प्रदान गरिएको छ । सेफ हाउसमा पुगेका उजुरीमा घरेलु हिंसाका ७८, जबर्जस्ती करणीका छ, कुटपिटका ५५, बहुविवाहका १७, बादविवादका ३०, चरिचरनका २०, जालसाजीका १०, भिडासानीका तीन र बालविवाहका ३० छन् ।

यसैगरी, अलपत्र परेका १२ व्यक्तिको उद्धार गरी सम्बन्धित निकायमा पुर्‍याइएको छ । सेफ हाउसमा पीडित भई पुगेका २० महिलालाई मनोविर्मश सेवासमेत प्रदान गरिएको छ । गत साउन, भदौ र असोजमा गरी ५० महिला माथि हिंसाका घटनाका उजुरी सेफ हाउसमा आएका बताइएको छ ।

सेफ हाउस सञ्चालन समितिका अध्यक्ष पुष्पा केसीले भने, “प्राप्त धेरै उजुरीमा प्रहरीसँग सहकार्य मिलापत्र गराइँदै आएको छ । जबर्जस्ती करणी, बालविवाह, बहुविवाहलगायतका उजुरी न्यायिक निकायमा पुर्‍याइ पीडितलाई न्याय दिलाउने काम हुँदै आएको छ ।” उनका अनुसार केही उजुरीमा महिलाबाट पुरुषसमेत पीडित रहेको पाइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ११ : ३० बजे

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,