आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश घोषणा « Khabarhub

आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश घोषणा


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँ सकिए लगतै हिजो आइतबार खुलेको सेयर मार्केट १७.५९ अंक बढेर २६५६.९६ विन्दुमा बन्द भयो ।
लगानीकर्ता विस्तारै दशैँ सकाएर काममा फर्किने तयारीमा छन् । नेप्सेमा दशैँ पछिको पहिलो दिनको कारोबार निकै न्यून छ । यद्दपी पछिल्लो समय कम्पनिहरुले गरिरहेको बोनस सेयर र लाभांश घोषणाले लगानीकर्ता उत्साहित हुन् सक्नेछन् ।

यसैबीच आईसीएफसी फाइनान्स लिमिटेड (ICFC) ले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

हाल कायम रहेको चुक्ता पूँजी रु. १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८०० को १० प्रतिशत अर्थात रु. १० करोड २४ लाख २६ हजार ५८० बराबरको बोनस सेयर तथा ४ प्रतिशत अर्थात रु. ४ करोड ९ लाख ७० हजार ६३२ बराबरको नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको कर प्रायोजनका लागि समेत) वितरण गर्ने निर्णय कम्पनीको गत २०७८ असोज २५ गते अपरान्ह ३:०० बजे बसेको संचालक समितिको २८७ औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफाका आधारमा गरेको हो ।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १२ : ३१ बजे

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित

सभामुख अर्याल र अध्यक्ष दाहालबीच पहिलो औपचारिक भेटवार्ता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच