आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश घोषणा « Khabarhub

आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश घोषणा


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँ सकिए लगतै हिजो आइतबार खुलेको सेयर मार्केट १७.५९ अंक बढेर २६५६.९६ विन्दुमा बन्द भयो ।
लगानीकर्ता विस्तारै दशैँ सकाएर काममा फर्किने तयारीमा छन् । नेप्सेमा दशैँ पछिको पहिलो दिनको कारोबार निकै न्यून छ । यद्दपी पछिल्लो समय कम्पनिहरुले गरिरहेको बोनस सेयर र लाभांश घोषणाले लगानीकर्ता उत्साहित हुन् सक्नेछन् ।

यसैबीच आईसीएफसी फाइनान्स लिमिटेड (ICFC) ले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

हाल कायम रहेको चुक्ता पूँजी रु. १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८०० को १० प्रतिशत अर्थात रु. १० करोड २४ लाख २६ हजार ५८० बराबरको बोनस सेयर तथा ४ प्रतिशत अर्थात रु. ४ करोड ९ लाख ७० हजार ६३२ बराबरको नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको कर प्रायोजनका लागि समेत) वितरण गर्ने निर्णय कम्पनीको गत २०७८ असोज २५ गते अपरान्ह ३:०० बजे बसेको संचालक समितिको २८७ औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफाका आधारमा गरेको हो ।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १२ : ३१ बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल