गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी « Khabarhub

गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

१० स्थायी दरबन्दी १ कर्मचारी


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मी कारागारमा क्षमताभन्दा तेव्वर कैदी हुँदा व्यावस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता भएको कारागार कार्यालयमा अहिले ८३ जना रहेका छन् ।

कार्यालय जिर्ण भएकाले पानी परे चुहिएर कार्यालय कोठा समेत जलमग्न हुन्छन् । भने कैदीबन्दी बस्ने कोठाहरुमा थाल थाप्नुपर्ने अवस्था छ । कोठाहरु प्रयाप्त नहुँदा पशुसरह कैदीबन्दी सुत्नपर्ने, शौचालयमा लाइन बस्नुपर्ने, बिद्युतको विकल्प नहुँदा अन्धकारमा बस्नुपर्ने लगायतका समस्या कारागारमा छन् ।

त्यो बाहेक उपचारमा समस्या, समय र महङी अनुसार सेवा सुविधा बृद्धि नहुनुले पनि कैदीबन्दीहरु समस्यामा परेको निमित्त कारागार प्रमुख रेश्मीराज पन्थीले गुनासो गरे । जिल्ला प्रशासन कार्यालय, नगरपालिका, मानव अधिकार आयोग, सर्वोच्च अदालत लगायतका निकायबाट कारागार अनुगमन गरेपनि समस्या समाधानमा कुनै पहल नभएको कारण कैदीबन्दीमा मनोबैज्ञानिक रुपमा बितृष्णा पैदा भएको छ ।

१० स्थायी दरबन्दी १ कर्मचारी

कारागार अतिसंवेदनशिल क्षेत्र र कार्यालय हो । कारागार प्रमुख रेश्मीराज पन्थीका अनुसार गुल्मी कारागारमा अधिकृतसहित १० जनाको दरबन्दी छ । तर, अहिले स्थायी कर्मचारी एक जना सुब्बा मात्र छन् । सुब्बा बिदामा बसे करार कम्प्युटर अपरेटर र २ कार्यालय सहयोगीको भरमा कारागार हुने अवस्था रहेको छ ।

अधिकृत ५ महिनादेखि खाली छ । सिनियर अहेव र सहलेखापाल लगायतका कर्मचारी एक बर्षदेखि छैनन् । दैनिक २/३ जना कैदीबन्दी बिरामी पर्ने गरेका छन् । नियमित स्वास्थ्यउपचार गराउन पर्ने जेष्ठ नागरिक भएकाले अहेव नहुँदा निकै गाह्रो भएको पन्थीले बताए ।

उपचारको लागि अस्पताल लैजान सुरक्षा चाहिने तर सुरक्षाकर्मीसहित उपचारका लागि अस्पताल र अदालतसम्म कैदीबन्दीसंग पुराउन कर्मचारी पनि नभएको कारण थप समस्या सृजना भएको कारागार प्रशासनले जनाएको छ ।

अहिलेसम्म कारागारका ३ जना कर्मचारी र कैदीबन्दी ९ जनालाई कोभिड संक्रमण भएको छ । कारागारमा भएका सवै कैदीबन्दी र कर्मचारीले खोप लगाएका छन् । कारागारमा आश्रित बालबालिका छैनन् । विभिन्न समयमा कारागारमा विभिन्न रोगको स्वास्थ्य शिविर र उपचार हुने भएपनि कोभिडको कारण रोकिएको कैदी सुमन पन्थीले गुनासो गरे ।

सिडिओलाई गुनासै–गुनासा

गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहित सुरक्षा निकायको टोलीले भर्खरै कारागार कार्यालय गुल्मीको अनुगमन गरेको छ । अनुगमनको क्रममा पौडेलसंग कैदीबन्दीहरुले आफ्ना समस्या र गुनासो राखेका थिए ।

कैदीबन्दीले सुत्न बस्न समस्या भएको, बत्ती, खाने पानीको समस्या, थुनुवा बन्दीहरुको लामो समय सम्म मुद्दा फैसला नहुदा समस्या भएको, दाउरा, तरकारी लगायत खाद्य सामग्रीहरु महङ्गोमा किन्नु पर्दा सरकारले दिने सुविधाले नपुगेको, पुस्तकालयमा पर्याप्त पुस्तक नभएको, टेलिभिजन बिग्रिएको, सोलार पनि बिग्रेका कारण लाइन नहुँदा अध्याँरोमा बस्नु परेको गुनासो गरेका थिए ।

पौडेलले समस्या समाधानको लागी आफ्नो तर्फबाट गर्न सकिने काम छिटै गर्ने र अन्य दीर्घकालिन समस्या समाधानको लागी सम्बन्धित कार्यालयमा लेखेर पठाउन कारागार कार्यालयका निमित्त कार्यालय प्रमुख रेश्मीराज पन्थीलाई निर्देशन दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १२ : ४७ बजे

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,