दशैँ मनाउन गाउँ गएका फर्कन थालेपछि काठमाडौँमा चहलपहल शुरु (फोटो फिचर) « Khabarhub

दशैँ मनाउन गाउँ गएका फर्कन थालेपछि काठमाडौँमा चहलपहल शुरु (फोटो फिचर)


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँ मनाउँन गाउँ गएकाहरू काठमाडौँ फर्कन थालेका छन् ।

काठमाडौँ भित्रनेको संख्या बढेसँगै सडक बजारमा चहलपहल शुरु भएको छ । हरेक वर्ष जसो दशैँमा केही दिन सुनसान बन्ने काठमाडौँ शहर दशैँ सकिएपछि भिडभाड हुने गर्दछ ।

काठमाडौँमा बसेर विभिन्न पेशा व्यवसाय तथा अध्ययन गर्ने व्यक्ति दशैँ मनाउन जन्मघर अर्थात गाउँ जाने गर्दछन् । अहिले गोङ्गबु, कोटेश्वर, कलङ्की, बल्खुलगायतका क्षेत्रहरुमा काठमाडौँ आउने मानिसहरुको चलपहल बढेको छ ।

यी क्षेत्रमा केही दिनअघि काठमाडौँ छोड्नेको चहलपहल थियो भने अहिले काठमाडौँ भित्रनेको छ । काठमाडौँ उपत्यकाका बजार पनि विस्तारै चलायमान हुँदैँ गएका छन् । दशैँमा बन्द भएका पसल खुल्न थालेका छन् ।

दशैँको टीकाको चौँथो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी नै छ । दशैँको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलन छ ।

व्यापार व्यवसाय तथा रोजगारी गर्ने अधिकांश मानिसहरु पूर्णिमासम्ममा काठमाडौँ आउने गर्दछन् भने अध्ययनको गर्न बसेकाहरु तिहार र छठ पर्वपछि फर्कने गर्दछन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १ : ०३ बजे

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत !

काठमाडौं – देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर चलिरहेका बेला

‘जिन्दगीमा हार जित भइरहन्छ’ भन्दै एमाले महासचिवले रास्वपा सिंगो टिमलाई दिए बधाई

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचनमा जितको

महेश बस्नेत पराजित भएको भक्तपुर-२ मा शोभा पाठकलाई १९ मत

काठमाडौं – भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा

काठमाडौं – प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपा विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय