दशैँ मनाउन गाउँ गएका फर्कन थालेपछि काठमाडौँमा चहलपहल शुरु (फोटो फिचर) « Khabarhub

दशैँ मनाउन गाउँ गएका फर्कन थालेपछि काठमाडौँमा चहलपहल शुरु (फोटो फिचर)


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँ मनाउँन गाउँ गएकाहरू काठमाडौँ फर्कन थालेका छन् ।

काठमाडौँ भित्रनेको संख्या बढेसँगै सडक बजारमा चहलपहल शुरु भएको छ । हरेक वर्ष जसो दशैँमा केही दिन सुनसान बन्ने काठमाडौँ शहर दशैँ सकिएपछि भिडभाड हुने गर्दछ ।

काठमाडौँमा बसेर विभिन्न पेशा व्यवसाय तथा अध्ययन गर्ने व्यक्ति दशैँ मनाउन जन्मघर अर्थात गाउँ जाने गर्दछन् । अहिले गोङ्गबु, कोटेश्वर, कलङ्की, बल्खुलगायतका क्षेत्रहरुमा काठमाडौँ आउने मानिसहरुको चलपहल बढेको छ ।

यी क्षेत्रमा केही दिनअघि काठमाडौँ छोड्नेको चहलपहल थियो भने अहिले काठमाडौँ भित्रनेको छ । काठमाडौँ उपत्यकाका बजार पनि विस्तारै चलायमान हुँदैँ गएका छन् । दशैँमा बन्द भएका पसल खुल्न थालेका छन् ।

दशैँको टीकाको चौँथो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी नै छ । दशैँको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलन छ ।

व्यापार व्यवसाय तथा रोजगारी गर्ने अधिकांश मानिसहरु पूर्णिमासम्ममा काठमाडौँ आउने गर्दछन् भने अध्ययनको गर्न बसेकाहरु तिहार र छठ पर्वपछि फर्कने गर्दछन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १ : ०३ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध