भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति « Khabarhub

भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– दुई दिनदेखि लगातार परेको वर्षाले भित्र्याउने बेला भएको धानबालीमा क्षेति पुर्याएको छ । धान काट्ने तयारी गर्दै गर्दा एक्कासी परेको पानीले रुपन्देहीको दक्षिणी क्षेत्रको धानबालीमा निकै ठूलो नोक्सानी पुर्‍याएको छ ।

रुपन्देही मर्चवारका रामअवतार यादवले पाँच बिगाहा खेतमा लगाएको धानबाली वर्षाले सखाप पारेको बताए । ‘धान पाकिसकेको थियो, अब केही दिनमा काट्ने तयारी गर्दै थियौं, तर एक्कासी वर्षा सुरु भयो । वर्षभरिको मेहनत खेर गयो,’ उनले भने ।

धेरैजासो किसान दशैँ मानेर धान काट्ने तयारीमा थिए । केही किसानले धान काट्न सुरु पनि गरेका थिए । काटेको र पाकेको दुवै धानमा वर्षाले ठूलो नोक्सानी पुर्‍याएको छ । बुटवल उपमहानगरपालिका–१५ रानीगन्जका जीतबहादुर रानाले एक बिघा १० कट्ठामा लगाएको धानबाली वर्षाले नोक्सान पुर्‍याएको बताए । ‘यसवर्ष समयमै पानी परेकाले समयमै रोपाईं भएको थियो, धानमा राम्रो बाला पनि लागेको थियो, तर वर्षाले सबै नष्ट गर्‍यो,’ उनले भने ।

धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिण क्षेत्रमा बिशेषगरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका किसानहरूका खेतमा धान पाकिसकेको थियो । रुपन्देहीको देवदह, ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटइमाईलगायतका स्थानीय तहमा धान काटिसकेको हुनाले धान खेतमै डुबेको छ । थोरैले मात्र उठाउन भ्याएका छन् ।

ओमसतिया गाउँपालिका–५ का गजेन्द्र चौधरीले पनि सबै धानबाली डुबानमा परेको बताए । समयमै पानी परेको र मल पनि समयमै पाएकाले विगतका वर्षको तुलनामा यो वर्ष धान उत्पादन बढी हुने अनुमान गरिएको थियो । यसवर्ष समयमै वर्षा भएपछि पश्चिम तराईका जिल्लामा रोपाई छिटो भएको थियो ।

रुपन्देहीमा ८२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये ६५ हजारभन्दा बढीमा धान खेती गरिएको छ । रुपन्देही समेत कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्देश धितालले वर्षाले धानबालीमा पुर्याएको क्षतिको विवरण संकलन भइरहेको बताए । ‘हामीले स्थानीय तहसँग क्षतिको विवरण मागिरहेका छौं, एक दुई दिनमै थाहा हुन्छ,’ उनले भने ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  २ : ३७ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक