मुसीकोटमा बस्ती स्थानान्तरण सुरु | Khabarhub Khabarhub

मुसीकोटमा बस्ती स्थानान्तरण सुरु


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– मुसीकोट नगरपालिकाले विपन्न परिवारलाई बस्ती निर्माण गरी स्थानान्तरण प्रक्रिया सुरु गरेको छ ।

मुसिकोट नगरपालिका–५ आँपचौरका १२ घर विपन्न दलित परिवारको पहिलो चरणमा घर निर्माण र स्थानान्तरण थालिएको हो । यसका लागि नगरपालिकाले छैटौँ नगरसभाले जोखिमयुक्त बस्ती स्थानान्तरण तथा पुर्नस्थापना विद्येयक पारित गरेको थियो ।

भौगोलिक रुपमा छरिएर रहेका बस्तीहरुलाई एकीकृत गर्ने उद्देश्य रहेको नगरप्रमुख सोमनाथ सापकोटाले बताए । बस्ती एकीकृत हुँदा पुर्वाधारको सुविधा, आय–आर्जजमार्फत गरिबी निवारण, स्वास्थ्य, शिक्षाको पहुँच सँगै रोजगारी सृजना गर्न सकिने सापकोटाको भनाइ छ ।

पहाडी जिल्लाहरूमा धेरै बस्ती छरिएर रहेकाले विकास पुर्वाधारका संरचनामा ठुलो बजेट खर्च हुने गरेको छ । जसका कारण आर्थिक सामाजिक विकासमा पछाडी पर्दै आएको छ । सोही अवस्थालाई मध्येनजर गर्दै बस्ती स्थान्तरणलाई जोड दिएको नगरप्रमुख सापकोटाले बताए ।

मुसीकोट नगरपालिका–५ आँपचौरको हात्तीगौडा भौगोलिक रुपमा अति विकट छ । यो ठाउँ चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको बिचमा पर्छ । यहाँ १२ घर विपन्न दलित परिवार बसोबास गर्दै आएका छन् ।

उनीहरूको लागि हात्तीगौडा बास बस्ने स्थान मात्रै थियो । विद्यालय, स्वास्थ्य संस्था र यातायातको पहुँच थिएन । काम गर्न विहान गाउँ छोडेपछि साँझ मात्रै फर्किन्छन् । ‘पुर्खा नै हात्तीगौडा बसे । हाम्रो पनि गाउँ छोडेर बसाई सर्ने उपाय भएन,’ मुसिकोट नगरपालिका–५ हात्तीगौडाका प्रकाश सामतले भने,‘ नगरले ठुलो गुन लगाएको छ ।’

अहिले मुसीकोट नगरपालिका–५ आँपचौरको देउरालीमा घर निर्माण भइरहेको छ । दसैंसम्म १२ घर परिवारनै नयाँ घरमा बस्ने योजनामा थिए । तर लामो समयसम्म पानी परेकाले समयमै काम सम्पन्न भएन ।’ अहिले ६ घर निर्माण भइरहेका छन् । ती मध्ये दुई परिवारले पुरै काम सकेको मुसिकोट नगरपालिका–५ का वडाध्यक्ष भागिरथ खरेलले बताए । उनले स्थानीय तहको निर्वाचनमा बोलेका मध्येका बस्ती स्थानान्तरणको काम पनि पुरा गर्न सकेकोमा खुसी व्यक्त गरे ।

नगरले प्रति रोपनी डेढ लाखका दरले स्थानीयको जग्गा खरिद गरेको छ । घरगोठ, शौचालय र सानो करेसाबारी समेत हरेक परिवारलाई डेढदेखि दुई रोपनी जग्गा प्रदान गरेको छ । नगरपालिकाले नै घर छाउनको लागि जस्तापाता उपलब्ध गराएको छ भने काठ र ढुंगा बोक्न ट्याक्टर दिएको खरेलले जानकारी दिए ।

मुसीकोट नगरपालिकाले शिक्षा, स्वास्थ्य, पुर्वाधार र कृषि पर्यटनमा उल्लेख्नीय काम गरिरहेको छ । साना भन्दा दीर्घकालिन र ठुला प्रभाव पार्ने योजनाहरू नगरभित्र सन्चालनमा छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ४ : ०० बजे

जेन-जी आन्दोलनमा क्षतिग्रत सरकारी संरचनाको परिक्षण

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइका

कर्णालीका ४२ ठाउँमा चाडपर्व लक्षित सुपथ पसल

काँक्रेविहार– कर्णालीमा चाडपर्व लक्षित ४२ वटा सुपथ मूल्य पसल सञ्चालनमा

रुसी आक्रमणमा तीन जनाको मृत्यु, १३ जना घाइते

एजेन्सी–  युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको

‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिने’

काठमाडौं– समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन

तातोपानी नाका अवरुद्ध हुँदा दशैँका सामान बोकेका कन्टेनर अलपत्र

काठमाडौं – अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी