शेयर बजारमा फेरि पहिरो, दोहोरो अंकले घट्यो नेप्से « Khabarhub

शेयर बजारमा फेरि पहिरो, दोहोरो अंकले घट्यो नेप्से


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दसैँपछि कारोबार भएको पहिलो दिन आइतबार दोहोरो अंकले वृद्धि भएको शेयर बजार दोस्रो दिन सोमबार फेरि ओरालो लागेको छ ।

सोमबार बजार मापक नेप्से परिसूचक ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५ सय ८७ दशमलव ४५ अंकमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि १२ दशमलव ४३ अंकले घटेको छ ।

सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँको मात्र भएको छ ।

बैंकहरुले ब्याजदर बढाएपछि शेयर बजारमा त्यसको नकरात्मक असर परेको बुझिएको छ । तरलता अभाव भन्दै बैंकहरुमा ब्याज दर बढाउने होडबाजी चलिरहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ४ : ५० बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको