साफ उपविजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने सरकारको निर्णय « Khabarhub

साफ उपविजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने सरकारको निर्णय

मंगलबार मुस्लिम समूदायलाई सार्वजनिक विदा


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । खेलाडीहरुलाई ५–५ लाख र प्रशिक्षकहरुलाई ३–३ लाख रुपैयाँ पुरस्कार दिने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । फाइनलमा भारतसँग ३–० गोल अन्तरले पराजित भएको नेपाल उपविजेता बनेको थियो । नेपालले साफको लिग चरणमा पनि एकमात्र हार भारतसँग बेहोरेको थियो । माल्दिभ्स र श्रीलंकलाई पराजित गरेको नेपालले बंगलादेशसँग भने बराबरी खेलेको थियो ।

नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो ।

बैठकले मोहम्मद जयन्तीका अवसरमा मंगलबार मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस्तै अवुधाबी डायलगको छैटो मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ ।

विभिन्न मन्त्रालयहरुमा अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए । त्यस्तै बैठकले आर्थिक कार्यबिधि एवं वित्तिय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिस अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका बिभिन्न पदहरुमा नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ५ : २९ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै