लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य « Khabarhub

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच एकदिन पनि पूरा अवधि बैठक नबसेरै लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गरेका हुन् । एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि २८ साउनमा माओवादी केन्द्रको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो।

लगत्तै १ भदौमा प्रदेशसभाको अधिवेशन आह्वान भएको थियो । तर तीन महिनासम्म चलेको अधिवेशनमा प्रदेशसभाको बैठक एकदिन पनि पूरा अवधि बसेन ।

बैठक आह्वान भएकै दिन मुख्यमन्त्री केसीले एमालेको अवरोधका बीच विश्वासको मत लिएका थिए । प्रदेश सरकारले अघिल्लो सरकारले ल्याएको बजेटविरुद्ध प्रतिस्थापन विधेयक ल्याइ नीति कार्यक्रम समेत प्रस्तुत गरेको थियो भने एमालेको अवरोधकै बीच प्रतिष्थापन विधेयक र नीति कार्यक्रम पारित भएका थिए । त्यसपछि सरकारले नयाँ बजेट ल्याएर प्रदेशसभाबाट केही विधेयकसमेत पारित गराएको थियो ।

एमालेले पनि आफ्ना दुई सांसदमाथिको कारवाही सदर नभएसम्म सदन चल्न नदिने भन्दै बैठक अवरुद्ध गर्नुका साथै केही बैठक बहिस्कार गरेको थियो । आफूहरुको सहभागिताबिनै पारित भएका विधेयक र सरकारले गरेका निर्णय कानुनविपरित भएकाले मान्य नहुने एमाले प्रदेशसभाका सचेतक भूमिश्वर ढकालले बताए ।

लुम्बिनी प्रदेशसभामा सूर्य चुनाव चिन्ह लिएर जितेका नवलपरासीका अजय शाही र दाङकी विमला खत्री वली माओवादी केन्द्रमा लागेपछि एमालेले कारवाही गरेको थियो । कारवाही गरेका सांसदलाई सभामुखले वैधानिकता नदिएको भन्दै एमालेले निरन्तर सदन अवरुद्ध गरिरह्यो ।

सभामुख पूर्णबहादुर घर्तीले भने एमालेले गरेको कारवाहीमा कानुनी आधार नदेखिएको बताएका छन् । अहिले शाही मन्त्री र वली राज्यमन्त्री छन् । सभामुख सत्तारुढ दलको इशारामा चलेको भन्दै एमाले सभामुखसँग टाढिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ७ : ४५ बजे

पौवादुङमा किशोरी लक्षित एचपीभी खोप अभियान

भोजपुर– पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालनको

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउड कलाकारहरूको साथ

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई

सोलुखुम्बुका सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक