अमेरिका र चीन पत्रकारको यात्रा सहज गर्न सहमत « Khabarhub

अमेरिका र चीन पत्रकारको यात्रा सहज गर्न सहमत


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – एक अर्को देशका पत्रकारहरुको यात्रा सहज बनाउन अमेरिका र चीन सहमत भएका छन् ।

चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्टपति जो बाइडेनबीच भएको भर्चुअल संवादपछि दुबै देश एक अर्को देशमा जाने पत्रकारको यात्रा सहज बनाउन सहमत भएका हुन् । सहमतिसँगै दुबै देशका सञ्चारकर्मी निर्वाध आवत जावत गर्न पाउने भएका छन् ।

पत्रकारको यात्रा सहज बनाउन दुबै देशले एक वर्षदेखि वार्ता प्रयास गरेका थिए । दुबै देशका सरकारहरुले पत्रकारको भिसा अवधि तीनदेखि एक वर्षसम्म बढाउन सहमत भएका छन् ।

दुबै देशले सञ्चारकर्मीलाई एक अर्को देशमा जान र फर्किन अनुमति दिने प्रतिबद्धता जनाएका छन् । अमेरिकी विदेश मन्त्रालयले पछिल्लो सहमतिलाई स्वागत गर्दै त्यसलाई सम्बन्ध सुधारको प्रारम्भिक कदम भनेको छ ।

अमेरिकी र अन्य सञ्चार माध्यमहरुका लागि निरन्तर काम गर्ने बताउदै मन्त्रालयले पहुँच विस्तारका लागि निरन्तर काम गर्ने जनाएको छ । गत फेब्रुअरीमा अमेरिकाले चीनका सरकारी सञ्चार माध्यमहरुलाई अमेरिकाले ‘विदेशी मिसन’ को रुपमा व्याख्या गर्ने निर्णय गरेको थियो ।

अमेरिकाले सिन्ह्वा समाचार संस्था र चाइना ग्लोबल टेलिभिजनलगायत पाँच सञ्चार माध्यमहरुलाई कुनै सामाग्री किन्नु अगाडि अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । अमेरिकी कदमको चीनले बिरोध गरेको थियो ।

त्यसको एक महिनापछि चीनले न्युयोर्क टाइम्स, वासिंगटन पोस्ट, वाल स्ट्रिट जर्नललगायका मुख्य सञ्चार माध्यमहरुका १३ पत्रकारलाई देश निकाला गरेको थियो । निस्काशन गरिएका पत्रकारलाई पुनः अवसर दिने वा नदिने भन्ने बारेमा केही खुलाईएको छैन ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ७ : ३५ बजे

पौवादुङमा किशोरी लक्षित एचपीभी खोप अभियान

भोजपुर– पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालनको

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउड कलाकारहरूको साथ

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई

सोलुखुम्बुका सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक