अमेरिका र चीन पत्रकारको यात्रा सहज गर्न सहमत « Khabarhub

अमेरिका र चीन पत्रकारको यात्रा सहज गर्न सहमत


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – एक अर्को देशका पत्रकारहरुको यात्रा सहज बनाउन अमेरिका र चीन सहमत भएका छन् ।

चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्टपति जो बाइडेनबीच भएको भर्चुअल संवादपछि दुबै देश एक अर्को देशमा जाने पत्रकारको यात्रा सहज बनाउन सहमत भएका हुन् । सहमतिसँगै दुबै देशका सञ्चारकर्मी निर्वाध आवत जावत गर्न पाउने भएका छन् ।

पत्रकारको यात्रा सहज बनाउन दुबै देशले एक वर्षदेखि वार्ता प्रयास गरेका थिए । दुबै देशका सरकारहरुले पत्रकारको भिसा अवधि तीनदेखि एक वर्षसम्म बढाउन सहमत भएका छन् ।

दुबै देशले सञ्चारकर्मीलाई एक अर्को देशमा जान र फर्किन अनुमति दिने प्रतिबद्धता जनाएका छन् । अमेरिकी विदेश मन्त्रालयले पछिल्लो सहमतिलाई स्वागत गर्दै त्यसलाई सम्बन्ध सुधारको प्रारम्भिक कदम भनेको छ ।

अमेरिकी र अन्य सञ्चार माध्यमहरुका लागि निरन्तर काम गर्ने बताउदै मन्त्रालयले पहुँच विस्तारका लागि निरन्तर काम गर्ने जनाएको छ । गत फेब्रुअरीमा अमेरिकाले चीनका सरकारी सञ्चार माध्यमहरुलाई अमेरिकाले ‘विदेशी मिसन’ को रुपमा व्याख्या गर्ने निर्णय गरेको थियो ।

अमेरिकाले सिन्ह्वा समाचार संस्था र चाइना ग्लोबल टेलिभिजनलगायत पाँच सञ्चार माध्यमहरुलाई कुनै सामाग्री किन्नु अगाडि अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । अमेरिकी कदमको चीनले बिरोध गरेको थियो ।

त्यसको एक महिनापछि चीनले न्युयोर्क टाइम्स, वासिंगटन पोस्ट, वाल स्ट्रिट जर्नललगायका मुख्य सञ्चार माध्यमहरुका १३ पत्रकारलाई देश निकाला गरेको थियो । निस्काशन गरिएका पत्रकारलाई पुनः अवसर दिने वा नदिने भन्ने बारेमा केही खुलाईएको छैन ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ७ : ३५ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक