कान दुख्यो ? अपनाउनुहोस् यी घरेलु उपाय « Khabarhub

कान दुख्यो ? अपनाउनुहोस् यी घरेलु उपाय


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो शरीरको महत्त्वपूर्ण र जटिल अङ्ग मध्ये एक हो कान । कानले केवल सुन्ने मात्र काम गर्दैन यसले शरीरको सन्तुलन पनि मिलाउँछ । त्यसैले कानको स्याहार आवश्यक मानिन्छ ।

कानमा कहिलेकाहीँ विभिन्न समस्याहरू आउन सक्छ । कान पाक्ने, दुख्ने, चिलाउने यसका मुख्य समस्या हुन । अहिले धेरै मानिसमा कान दुखाई आम समस्या बनेको छ । यो समस्या प्राय एउटै कानमा बढी हुन्छ । कान दुखाईको समाधानमा के गर्ने त ?

क) लसुन
लसुनको दुइ केस्रा पिसेर तोरीको तेलमा भुटेर उक्त तेल कानमा लगाउँदा आराम मिल्छ ।

ख) मुलाको पात
मुलाको पातको रसलाई तिलको तेलमा पकाई रस वाफ बनेर उडिसकेपछि त्यो मनतातो तेललाई कपडाले छानी दुई तीन थोपा कानमा हाल्दा यसले कान दुखाई तुरुन्तै निको हुन्छ ।

ग) प्याज
प्याजको डल्लोलाई आगोमा सेक्ने र त्यसको रस निकालेर कानमा हाल्दा कान दुखाइमा राहत पाउन सकिन्छ ।

घ) तुलसीको पात
तुलसीको पातलाई पिसेर यसको रसको दुई तीन थोपा कानमा हाल्दा कानको इन्फेक्सन ठिक गर्छ र दुखाई हटाउँछ ।

ङ) तोरी तेल
१० ग्राम तोरीको तेलमा ३ ग्राम हिङ मिसाएर तताइ त्यसको केही थोपा कानमा हाल्दा आराम मिल्दछ ।

च) अन्य उपाय
– सूर्यमुखी फूलको तेल र महको मिश्रण बनाएर कानमा राख्दा कान दुखाई निको हुन्छ ।

– घिउकुमारीको रसलाई हल्का तताएर कानमा राख्दा दुखाई कम गर्दछ ।

– नुनलाई तातो बनाई कपडामा राम्ररी डल्लो पारेर कान सेक्दा दुखाइमा राहत मिल्दछ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ७ : ०७ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको