कपिलवस्तु प्रहरीद्वारा ४ महिनामा ४८६ फरार अभियुक्त पक्राउ « Khabarhub

कपिलवस्तु प्रहरीद्वारा ४ महिनामा ४८६ फरार अभियुक्त पक्राउ


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार अभियुक्त पक्राउ अभियानलाई तीव्रता दिएको छ । कर्तव्य ज्यान, लागूऔषध, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवाजस्ता कसुरमा फरार अभियुक्त पक्राउ गर्न कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले फ्युगिटी एरेस्ट प्रोग्राम (फ्याप) कार्यक्रम नै सञ्चालन गरेका छन् ।

साउन यताको चार महिनामा ४८६ जना फरार अभियुक्त पक्राउ परेका प्रहरी तथ्यांक छ । साउनमा २८९, भदौमा १२७, असोज ४८ र कात्तिकमा २२ जना पक्राउ परेका हुन् । गत आवको पहिलो चार महिनामा ८१ जना फरार अभियुक्त पक्राउ परेका थिए ।

फरार रहेका २० वर्षपछि पक्राउ पर्नेमा ३५ जना, १५ वर्षपछि पक्राउ पर्नेमा ३६ जना, १० वर्षपछि पक्राउ पर्नेमा १४० जना र पाँच वर्षपछि पक्राउ पर्नेमा १५८ जना छन् । त्यस्तै, पाँच वर्षभन्दा कम अवधिदेखि फरार रहेका ११७ पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा हत्या गरी अदालतबाट २० जन्मकैद सजाय पाएर फरार रहेकासमेत छन् ।

‘अपराध गरेर समाजलाई दूषित पारेर विभिन्न आवरणमा त्यही समाजमा लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर बस्दैन । अपराध गर्ने एक दिन अवश्य कानुनको दायरामा आउनै पर्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तीब्रता दिएका हौं,’ जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले भने ।

कपिलवस्तु प्रहरीले १ कात्तिकमा मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट लागूऔषध ब्राउन सुगर ९२ ग्राम ४२ मिलि ग्राम बरामद गरेको थियाे । कारोवारी विजय खत्रीलाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।

कपिलवस्तु प्रहरीले मुद्दा फर्स्यौटलाई पनि प्राथमिकता दिएको छ । असोजमा ४४ मा २१ र कात्तिकमा ६६ मा ३३ मुद्दा फर्स्यौट गरेको छ ।

चालु आवको चार महिनामा पाँच करोड ३१ लाख ४० हजार ७७२ रुपैयाँ राजश्व संकलन भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । यो गत वर्षको चालु चार महिनामा संकलित राजश्वभन्दा अढाई करोड बढी हो ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ९ : ४९ बजे

पौवादुङमा किशोरी लक्षित एचपीभी खोप अभियान

भोजपुर– पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालनको

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउड कलाकारहरूको साथ

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई

सोलुखुम्बुका सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक