‘इजरायली फिल्म महोत्सव’मा गाडीभित्रै फिल्म हेर्न पाइने « Khabarhub

‘इजरायली फिल्म महोत्सव’मा गाडीभित्रै फिल्म हेर्न पाइने


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित इजरायली राजदूतावासले इन्टरनेशनल साउण्ड सर्भिसेसको प्रावधिक सहकार्यमा ‘१३औं इजरायली फिल्म महोत्सव’को आयोजना गर्ने भएको छ । यो महोत्सव २६–२७ नोभेम्बर २०२१ अर्थात १०–११ मंसीर २०७८ मा होटल सोल्टीको पार्किङ क्षेत्रमा हुँदैछ ।

दुतावासले एक विज्ञप्ती जारी गर्दै यस महोत्सवसँगै नेपालमा पहिलोपटक ‘ड्राइभ–इन शो’को आयोजना हुन लागेको जानकारी दिएको छ । आफ्नै गाडीभित्रको सुरक्षित घेरामा बसेर हेर्ने यो फिल्म महोत्सवले कोरोनाका कारण बन्द भएको फिल्मी क्षेत्रलाई यस अवधारणाले टेवा दिने अपेक्षा आयोजकले राखेका छन् ।

आफ्नो परिवारसँग बसेर सामाजिक दूरी कायम राखेर फिल्म हेर्न चाहने कुनैपनि व्यक्तिको लागि यो शो खुला रहनेछ । तर आफ्नो पार्किङ स्थान सुरक्षित गर्नको लागि सोल्टी होटलको वेबसाइटमा गई फर्म भर्नुपर्ने हुन्छ । पार्किङ स्थानको अभावलाई ध्यानमा राखेर पनि शो अगावै आफ्नो गाडी पार्किङ सुरक्षित गर्न सकिनेछ ।

यस्ता सांस्कृतिक महोत्सवले दुई देशका जनता बिचमा प्रगाढ सम्बन्ध विस्तार गर्न मद्दत गर्नेछ भन्ने कुरामा दूतावास विश्वस्त रहेको जारी विज्ञप्तीमा जनाइएको छ ।

महोत्सवमा पहिलो दिन ‘गोल्डेन भ्वाइस’ र ‘लेसिस’ फिल्म देखाइनेछ भने दोस्रो दिन ‘ए प्लेस इन हेभन’ र ‘द अनअर्थोडक्स’ देखाइनेछ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ११ : ५३ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र