‘इजरायली फिल्म महोत्सव’मा गाडीभित्रै फिल्म हेर्न पाइने « Khabarhub

‘इजरायली फिल्म महोत्सव’मा गाडीभित्रै फिल्म हेर्न पाइने


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित इजरायली राजदूतावासले इन्टरनेशनल साउण्ड सर्भिसेसको प्रावधिक सहकार्यमा ‘१३औं इजरायली फिल्म महोत्सव’को आयोजना गर्ने भएको छ । यो महोत्सव २६–२७ नोभेम्बर २०२१ अर्थात १०–११ मंसीर २०७८ मा होटल सोल्टीको पार्किङ क्षेत्रमा हुँदैछ ।

दुतावासले एक विज्ञप्ती जारी गर्दै यस महोत्सवसँगै नेपालमा पहिलोपटक ‘ड्राइभ–इन शो’को आयोजना हुन लागेको जानकारी दिएको छ । आफ्नै गाडीभित्रको सुरक्षित घेरामा बसेर हेर्ने यो फिल्म महोत्सवले कोरोनाका कारण बन्द भएको फिल्मी क्षेत्रलाई यस अवधारणाले टेवा दिने अपेक्षा आयोजकले राखेका छन् ।

आफ्नो परिवारसँग बसेर सामाजिक दूरी कायम राखेर फिल्म हेर्न चाहने कुनैपनि व्यक्तिको लागि यो शो खुला रहनेछ । तर आफ्नो पार्किङ स्थान सुरक्षित गर्नको लागि सोल्टी होटलको वेबसाइटमा गई फर्म भर्नुपर्ने हुन्छ । पार्किङ स्थानको अभावलाई ध्यानमा राखेर पनि शो अगावै आफ्नो गाडी पार्किङ सुरक्षित गर्न सकिनेछ ।

यस्ता सांस्कृतिक महोत्सवले दुई देशका जनता बिचमा प्रगाढ सम्बन्ध विस्तार गर्न मद्दत गर्नेछ भन्ने कुरामा दूतावास विश्वस्त रहेको जारी विज्ञप्तीमा जनाइएको छ ।

महोत्सवमा पहिलो दिन ‘गोल्डेन भ्वाइस’ र ‘लेसिस’ फिल्म देखाइनेछ भने दोस्रो दिन ‘ए प्लेस इन हेभन’ र ‘द अनअर्थोडक्स’ देखाइनेछ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ११ : ५३ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा