प्रहरी दमनविरुद्ध धारणा बनाउन बार छलफलमा « Khabarhub

प्रहरी दमनविरुद्ध धारणा बनाउन बार छलफलमा


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि प्रहरी दमन भएपछि नयाँ धारणा बनाउन छलफल थालेका छन् ।

नेपाल बारका पदाधिकारीको छलफलमा आफूहरुले जारी राखेको आन्दोलनमा भएको प्रहरी दमनपछि अबको आन्दोलनको स्वरुप तय गरिने बारले जनाएको छ ।

सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच आज धकेलाधकेल भएको थियो । सोहीक्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानून व्यवसायी घाइते भएका छन् ।

वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थियो ।

झडपका क्रममा श्रेष्ठलगायत सामान्य घाइते भएका हु्न् । श्रेष्ठले प्रहरीले लाठ्ठीले छातीमा घोचेर ठेलेको बताए ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १२ : ४० बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान