प्रहरी दमनविरुद्ध धारणा बनाउन बार छलफलमा « Khabarhub

प्रहरी दमनविरुद्ध धारणा बनाउन बार छलफलमा


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि प्रहरी दमन भएपछि नयाँ धारणा बनाउन छलफल थालेका छन् ।

नेपाल बारका पदाधिकारीको छलफलमा आफूहरुले जारी राखेको आन्दोलनमा भएको प्रहरी दमनपछि अबको आन्दोलनको स्वरुप तय गरिने बारले जनाएको छ ।

सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच आज धकेलाधकेल भएको थियो । सोहीक्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानून व्यवसायी घाइते भएका छन् ।

वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थियो ।

झडपका क्रममा श्रेष्ठलगायत सामान्य घाइते भएका हु्न् । श्रेष्ठले प्रहरीले लाठ्ठीले छातीमा घोचेर ठेलेको बताए ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १२ : ४० बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु