जुम्ल्याहा सन्तानकी आमा बनिन् प्रिती « Khabarhub

जुम्ल्याहा सन्तानकी आमा बनिन् प्रिती


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेत्री प्रिती जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छन् । ४६ वर्षीया अभिनेत्री सरोगेसीका माध्यमबाट आमा बनेकी हुन् । उनले आफ्नो इन्स्टाग्राममार्फत आमा बनेको खबर सार्वजनिक गरेकी हुन् ।

‘म सबैसँग आजको सबैभन्दा ठूलो खुशीको खबर बाँड्न चाहन्छु । जीन र म धेरै खुशी छौं र हाम्रो हृदय आभार तथा प्रेमले भरिएको छ । किनकी हामी आफ्नो जुम्ल्याहा बच्चाहरु जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई परिवारमा स्वागत गर्दैछौं’, उनले लेखेकी छन् ।

प्रितीले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी नागरिक जेन गुडइनफसँग सन् २०१६ फेब्रुअरीमा लसएञ्जल्समा एक निजी समारोहमा विवाह गरेकी थिइन् । यो विवाह राजुपती शैलीमा गरिएको थियो ।

उनीहरुको विवाहको तस्वीर करिब ६ महिना पछि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । दुवै अमेरिकामा बस्छन् । जीन पेशाले लसएञ्जल्समा फाइनेन्सियल एनालिस्ट हुन् ।

प्रितीको करियरको कुरा गर्दा उनले सन् १९९८ मा रिलिज फिल्म ‘दिल से’बाट बलिउडमा पाइला चालेकी थिइन् । सन् २०१८ मा रिलिज फिल्म ‘भैयाजी सुपरहिट’ उनको अन्तिम फिल्म हो ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १२ : ५४ बजे

गोरखा-१ मा सुधन गुरुङ र प्रेम खत्रीको कडा प्रतिस्पर्धा : कांग्रेस चार मतले अगाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच

डोल्पामा नेकपाका बुढा विजयी

कर्णाली– एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का

खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी

खोटाङ– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्यमा खोटाङबाट श्रम संस्कृति पार्टीका

सोलुखुम्बुमा कांग्रेस उम्मेदवार निर्वाचित

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित

रौतहट–२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित

रौतहट– रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.