मोटी सुन्दरीहरुको खोजी « Khabarhub

मोटी सुन्दरीहरुको खोजी


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मोटी युवतीहरुलाई लक्षित गरी आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’ को चौथो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल २०२२’ हुने भएको छ । आयोजक मोडल सङ्ग्स नेपालले बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला गरिएको जानकारी दिएको छ ।

प्रतियोगितामा १६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती महिलाहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा सहभागिताका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान आयोजकले राखेका छन् ।

आयोजक संस्थाका प्रमुख डेविल सिंह राजपुतले मोटोपनाका कारण हिनताबोध भएका युवतीहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

यही मंसिर २५ गते मोडल सङ्ग्स नेपालको केन्द्रीय कार्यालय बागबजारमा हुने अडिसनबाट छनोटमा परेका प्रतियोगीलाई मात्र अन्तिमस्पर्धाका लागि प्रशिक्षण दिइनेछ । छानिएका प्रतियोगीलाई फेसन कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गर्नेछन् ।

आयोजक संस्था सरोज ओझाले प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा एक महिने प्रशिक्षणका क्रममा र्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङ लगायत विविध विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण दिइने बताए ।

प्रतियोगिताका विजेताले नगद पुरस्कारसँगै दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन र मोडलिङ क्षेत्रमा अवसर पाउनेछन् । उत्कृष्ट ३ प्रतियोगीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फेशन सो तथा सौन्दर्य प्रतियोगिताहरूमा समावेश हुन पाउने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १ : २७ बजे

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै