सामन्थामाथि नागाले लगाएका थिए कैयौं प्रतिबन्ध « Khabarhub

सामन्थामाथि नागाले लगाएका थिए कैयौं प्रतिबन्ध


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुको वैवाहिक सम्बन्ध टुंगिएको खबर सार्वजनिक हुनासाथ सबै अचम्मित र दुःखी बनेका थिए । ‘द फेमिली मेन’ अभिनेत्री सामन्था र ‘लाल सिंह चड्डा’ अभिनेता नागाले चार वर्षको वैवाहिक सम्बन्धलाई टुंग्याउदा त्यसको कारणबारे आ–आफ्नै अड्कलबाजी भएका थिए ।

सम्बन्धविच्छेदपछि सामन्थाले अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दाना स्टारर फिल्म ‘पुष्पा’मा आइटम गीतमा नाँच्ने निर्णय लिएकी छन् । फिल्ममा आइटम नृत्य गर्ने निर्णय सामन्थाले नागासँग अलग्गिएपछि लिएकी हुन् ।

सामन्था निकट स्रोतका अनुसार नागा रुढीवादी व्यक्ति भएकाले सामन्थामाथि उनले कैयौं प्रतिबन्ध लगाएका थिए । त्यही कारण सामन्थाले विवाहपछि कुनै पनि फिल्ममा आइटम नृत्य गरेकी थिइनन् । उनलाई अन्य फिल्ममा अभिनयका लागि पनि नागासँग अनुमति लिनुपर्ने नियम रहेको सामन्थाको स्रोतले उल्लेख गरेको छ । सामन्था अहिले सामाजिक सञ्जालमा ट्रेण्ड बनिरहेकी छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले नागामाथि पुरानो सोचको मानिस भएको आरोप लगाएका छन् ।

नागा र सामन्थाले सन् २०१७ मा विवाह गरेका थिए । उनीहरुले यसै वर्षको अक्टोबर २ मा सम्बन्धविच्छेद गरेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  २ : ०४ बजे

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी