सामन्थामाथि नागाले लगाएका थिए कैयौं प्रतिबन्ध « Khabarhub

सामन्थामाथि नागाले लगाएका थिए कैयौं प्रतिबन्ध


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुको वैवाहिक सम्बन्ध टुंगिएको खबर सार्वजनिक हुनासाथ सबै अचम्मित र दुःखी बनेका थिए । ‘द फेमिली मेन’ अभिनेत्री सामन्था र ‘लाल सिंह चड्डा’ अभिनेता नागाले चार वर्षको वैवाहिक सम्बन्धलाई टुंग्याउदा त्यसको कारणबारे आ–आफ्नै अड्कलबाजी भएका थिए ।

सम्बन्धविच्छेदपछि सामन्थाले अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दाना स्टारर फिल्म ‘पुष्पा’मा आइटम गीतमा नाँच्ने निर्णय लिएकी छन् । फिल्ममा आइटम नृत्य गर्ने निर्णय सामन्थाले नागासँग अलग्गिएपछि लिएकी हुन् ।

सामन्था निकट स्रोतका अनुसार नागा रुढीवादी व्यक्ति भएकाले सामन्थामाथि उनले कैयौं प्रतिबन्ध लगाएका थिए । त्यही कारण सामन्थाले विवाहपछि कुनै पनि फिल्ममा आइटम नृत्य गरेकी थिइनन् । उनलाई अन्य फिल्ममा अभिनयका लागि पनि नागासँग अनुमति लिनुपर्ने नियम रहेको सामन्थाको स्रोतले उल्लेख गरेको छ । सामन्था अहिले सामाजिक सञ्जालमा ट्रेण्ड बनिरहेकी छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले नागामाथि पुरानो सोचको मानिस भएको आरोप लगाएका छन् ।

नागा र सामन्थाले सन् २०१७ मा विवाह गरेका थिए । उनीहरुले यसै वर्षको अक्टोबर २ मा सम्बन्धविच्छेद गरेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  २ : ०४ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन