‘पापड’मा आबद्ध संघको बैठक ५ बजेलाई बोलाइयो « Khabarhub

‘पापड’मा आबद्ध संघको बैठक ५ बजेलाई बोलाइयो


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा राजीनामा माग्दै प्रदर्शनमा उत्रिएको नेपाल बार एसोसिएसनलाई शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले साथ दिने भएको छ ।

जनआन्दोलनका बेला सक्रिय रहेको पापडलाई पुनः सक्रिय बनाएर न्यायालयमा देखिएको विकृतिविरुद्ध एकजुट हुन पापडको बैठक बोलाइएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलका अनुसार बिहीबार साँझ ५ बजे महासंघको कार्यालयमा पापडको बैठक डाकिएको छ । सो बैठकले बारले जारी राखेको आन्दोलनका विषयमा निर्णय गरेर अघि बढ्नेछ ।

पापडमा नेपाल बार, पत्रकार महासंघ, नेपाल प्राध्यापक संघ, नेपाल इन्जिनियर्स एसोसिएसन र नेपाल चिकित्सक संघ आवद्ध छन् । यी सबै संगठनले यसअघि सर्वोच्चमा भइरहेको आन्दोलनका विषयमा चासो राख्दै विज्ञप्ति जारी गरिसकेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ३ : ०९ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान