रेबिजको इम्युनोग्लोबुलिनको सेवा सातै प्रदेशबाट शुरु गर्ने | Khabarhub Khabarhub

रेबिजको इम्युनोग्लोबुलिनको सेवा सातै प्रदेशबाट शुरु गर्ने


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले रेबिजविरुद्ध लगाइने रेबिजको इम्युनोग्लोबुलिनको सेवा सातै प्रदेशबाट शुरु गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौँमा पत्रकार सममेलन गदै मंसिर ५ गतेबाट मुलुकका सातै प्रदेशबाट उक्त सेवा प्रदान गर्ने जनाएको हो । हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालबाटमात्र रेविजको इम्युनोग्लोबुलिन प्रदान गरिदै आएको थियो ।

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंसिरको ५ गतेबाट सबै प्रदेशमा रेबिज इम्युनो ग्लोबुनिको सेवाप्रवाह गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । मन्त्रालयका अनुसार प्रदेश १ को कोशी अस्पताल , प्रदेश २ को जनकपुर अस्पताल र नारायणी अस्पताल बिरगंज, बागमती प्रदेशमा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौडा, भरतपुर अस्पताल चितवनबाट उक्त सेवा प्रदान गरिने छ ।

त्यस्तै गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, लम्विनी प्रदेशमा लुम्विनी अस्पताल, कर्णालीमा सुर्खेत अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेति प्रादेशिक अस्पतालबाट रेबिज इम्युनो ग्लोबुनिको सेवाप्रवाह हुने मन्त्री खतिवडाले जानकारी दिए । त्यस्तै अन्य अस्पतालबाट पनि सेवा विस्तार गर्ने योजना गरेको उनले बताए ।

पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले नेपालमा रेविजका कारण १५ देखि २० जनाको वार्षिक मृत्यु हुने गरेको जानकारी दिए । रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरीपरी सुईको माध्यमले लगाइने उक्त औषधिले ७ देखि १० दिन भित्र मात्र शरीरले एन्टिबडी बनाउन थाल्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ३ : ३५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक

आज २०८२ साल कात्तिक ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने