अदालतभित्र हतियार भित्र्याउने काम प्रधानन्यायाधीशले गरे : बार अध्यक्ष | Khabarhub Khabarhub

अदालतभित्र हतियार भित्र्याउने काम प्रधानन्यायाधीशले गरे : बार अध्यक्ष


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतभित्र लाठी हान्ने र हतियार भित्र्याउने काम प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च प्रशासनले गरेको बताएका छन् ।

बिहीबार दिउँसो सर्वोच्च परिसरमा प्रहरीको कुटाइबाट घाइते भएका श्रेष्ठ उपचारपछि फर्किएर आकस्मिक पत्रकार सम्मेलनमार्फत प्रधानन्यायाधीशको आलोचना गरेका हुन् । उनले व्यक्ति मरे पनि केही नहुने तर न्याय मर्न नहुने उल्लेख गरे ।

‘म मरें भने केही हुँदैन । दुई चारजना मरेर केही हुँदैन । तर न्याय मर्नुहुँदैन । अदालतभित्र लाठी हान्ने, हतियार भित्र्याउने काम प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनले ल्यायो । यसको जवाफ प्रधानन्यायाधीशले दिनुपर्छ । हाम्रो देशको विश्वमा बेइज्जत हुन्छ । अदालतभित्र पुलिस रोक्नुपर्छ । ५ बजे हामीलाई पापडको बैठकमा बोलाइएको छ । सहभागी भएर हाम्रा कुरा राख्छौं,’ श्रेष्ठले भने ।

उनले प्रधानन्यायाधीश जबरा न्यायमा बाधक रहेको विषयमा न्यायाधीशहरूको विमति नरहेको बताए । ‘सेवाग्राहीलाई सेवा दिन प्रधानन्यायाधीश पावर घटाउने, न्याय सम्पादनको अधिकार कटौती गर्ने, गोलाप्रथामा सहभागी नगराउने, बेन्च सेयरिङ नगर्ने कुरामा सबै न्यायाधीश एकमत छन् । न्यायाधीशहरूले गोलाप्रथाबाट जाने भन्नुभएको छ । बिलौलिया रोक्ने हाम्रो बारको पहिलो माग हो, गोलाप्रथा । किनभने प्रधानन्यायाधीशले जथाभावी सेटिङमा बेन्च गर्ने गरेका थिए । विगतमा राजाको अधिकार कटौती गरेको, त्यसपछि राजा हटाइयो । त्यसैगरी गोलप्रथाले प्रधानन्यायाधीशको अधिकार कटौती गर्‍यो, अब हट्छन् । न्यायाधीशहरू आफ्नो हिसाबले सुधारमा अघि बढेका छन्, हामी आफ्नो हिसाबले अघि बढ्छौं । राजपत्रमा प्रकाशित भएपछि लागू हुन्छ,’ श्रेष्ठले भने ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ५ : ०० बजे

आगलागी पीडितलाई राहत वितरण

कञ्चनपुर- कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पीडित जयदेव ठगुन्नासहित

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा : सवारी साधनको जोखिम भार घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८०-८१ को मौद्रिक नीतिको

घरजग्गा खरिदमा राष्ट्र बैंक लचिलो, आम्दानीको ७० प्रतिशतसम्म ऋण भुक्तानी सीमा

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

कांग्रेसले समय मागेपछि सुरु हुन सकेन प्रतिनिधि सभा बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही समय माग गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल