निर्माणकर्मीका लागि ५ लाख बराबर दुर्घटना बीमाको व्यवस्था « Khabarhub

निर्माणकर्मीका लागि ५ लाख बराबर दुर्घटना बीमाको व्यवस्था


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिवम् सिमेन्टले देशका विभिन्न स्थानहरूमा निर्माणकर्मीहरूसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गरिएको छ। साथै हरेक सहभागी निर्माणकर्मीहरूको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरिएको छ। बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरिएको थियो।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकमीहरू हरेक दिन जोखिमपूर्ण कार्यहरू गर्दै आईरहेका हुन्छन्। उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूको लागि निःशुक दुर्घटना बीमा योजना ल्याएका बताएको छ।

देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरूको लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो।

पहिलो चरणअन्र्तगत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार बढी निर्माणकर्मीसँग प्राविधिक अन्तक्रिया गरिएको छ। उनीहरूको जोखिम बीमा समेत गराई सकेको कम्पनीले बताएको छ।

कार्यक्रममा दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १२ : ०५ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको