पोखरा र बंगलादेशबीच पर्यटकीय साझेदारी गरिने « Khabarhub

पोखरा र बंगलादेशबीच पर्यटकीय साझेदारी गरिने


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– बंगलादेशका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच पर्यटकीय साझेदारीलगायतका विषयमा पोखरामा छलफल भएको छ ।

बिहीबारको छलफलमा दुवै ठाउँका पर्यटन व्यवसायीहरूले कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पहल गर्ने समझदारी भएको हो ।

प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपालको निमन्त्रणामा बंगलादेशी टिम पोखरा आएको हो । छलफलका क्रममा पाटा नेपालका कार्यकारी सदस्य टीकाराम सापकोटाले अझै धेरै पर्यटक पठाइदिन आग्रह गरे । ‘बंगलादेश नेपालका लागि राम्रो पर्यटक आउने देश हो । कोभिडअघि उहाँहरूको भ्रमण धेरै हुन्थ्यो । खर्च पनि धेरै गर्ने पर्यटक आउँछन्,’ उनले भने, ‘अहिले सुस्ताएको छ । अब पनि धेरै पर्यटक पठाइदिन आग्रह गरेका छौँ ।’

व्यवसायीबीचमा विजनेस नेटवर्किङका हिसाबले कार्यक्रम आयोजना गरिएको उनले बताए । उनका अनुसार कोरोना संक्रमणअघि वार्षिक २६ हजार बंगलादेशी पर्यटक नेपाल घुम्न आउँथे । अहिले मुस्किलले एक हजार ५०० जति छन् । पाता बंगलादेशका अध्यक्ष शहीद हमिदले नेपाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएकाले पर्यटक पठाउन गाह्रो नपर्ने बताए ।

‘यहाँ घुम्ने ठाउँहरू धेरै छन् । सुन्दर प्रकृति छ । पर्यटकहरू यहाँ आउन लालयित छन्,’ उनले भने, ‘खाली कोरोनाका कारण अप्ठ्यारोा परेको हो । अब विस्तारै मान्छेहरू घुम्न निस्किएका छन् ।’

उनले दुई देशबीच पर्यटकीय सम्बन्ध मजबुत बनाउनुपर्ने बताए । पाटा बंगलादेशका पदाधिकारी, पर्यटन व्यवसायी र संचराकर्मीसहित १८ जनाको टोली पोखरा आएको छ । उनीहरूले पोखराको भ्रमण पनि गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ६ : ४३ बजे

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि