सम्मानजक सहभागितासहित सरकारमा जाने माओवादी कर्णालीको निर्णय | Khabarhub Khabarhub

सम्मानजक सहभागितासहित सरकारमा जाने माओवादी कर्णालीको निर्णय


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको बैठकले सम्मानजनक सहभागितासहित सरकारमा जाने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा बसेको दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकारमा माओवादीको सम्मानजनक सहभागिताको सुनिश्चिता सत्ता साझेदार दलभित्र खोज्ने निर्णय गरेको दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले जानकारी दिए ।

“आज बसेको बैठकमा माओवादीको सम्मानजनक सुनिश्चिततासहितको सहभागिता खोज्ने जिम्मा दलको नेता शाहीलाई दिने निर्णय गरिएको छ”, प्रमुख सचेतक विष्टले भने, “यस विषयमा उहाँ (दलको नेता) ले सत्ता गठबन्धन दलभित्र छलफल गर्नुहुन्छ ।” माओवादी केन्द्रले मुख्यमन्त्री शाही नियुक्त भएदेखि चार मन्त्रीको सुनिश्चितता खोज्दै आएको र बिहीबार पनि त्यसैमा टेकेर निर्णय गरिएको उनको भनाइ थियो ।

उनका अनुसार मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएकाले सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शाहीले तदारुकता देखाउनुपर्दछ । माओवादीका सकेसम्म नयाँ अनुहारका प्रदेशसभा सदस्य सरकारमा जाने जनाउँदै प्रमुख सचेतक विष्टले बिहीबारको बैठकमा जनजीविकाका सवाललाई केन्द्र राखेर छलफल भएको जनाए ।

सरकार गठनका लागि सत्ता गठबन्धन दलको नेतृत्वको गरिरहेको नेपाली कांग्रेसले मुख्यमन्त्रीबाहेक दुई, माओवादी केन्द्रले चार र नेकपा (एकीकृत समाजवादी) ले तीन मन्त्री हुनुपर्ने दाबी गरिरहेका छन् । प्रदेशसभा सदस्यका हिसाबले माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र समाजवादीका तीन जना छन् । रासस

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ७ : ५६ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र