खेलकुदमन्त्री अथकद्वारा नेपाल स्काउट अन्तर्राष्ट्रिय तालिम केन्द्रको अनुगमन « Khabarhub

खेलकुदमन्त्री अथकद्वारा नेपाल स्काउट अन्तर्राष्ट्रिय तालिम केन्द्रको अनुगमन


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्रको अनुगमन गरेका छन् । नेपाल स्काउटको प्रमुख स्काउटसमेत रहेका मन्त्री अथकले बिहीबार नुवाकोटको ककनीमा रहेको तालिम केन्द्रको स्थलगत निरिक्षण गरे । बुधबार बेलुका ककनी पुगेका मन्त्री अथकलाई नेपाल स्काउटका कार्यकारी निर्देशक राम प्रसाद भट्टराई, देवराज घिमिरेलगायतले स्वागत गरेका थिए।

त्यसक्रममा मन्त्री अथकले स्काउटको कार्यक्रममा सहभागी ७ प्रदेशका स्काउटहरुलाई प्रमाणपत्र वितरण गरे । स्काउट अभियानको विश्व संगठनले आयोजना गरेको तालिमका सहभागीहरुलाई सम्बोधन गर्दै मन्त्री अथकले नेपाल स्काउटलाई विश्वकै उत्कृष्ट स्काउटका रुपमा स्थापित गर्नुपर्ने बताए । सानै उमेरदेखि सेवाभावको विकास गर्ने पवित्र उद्देश्य बोकेको स्काउटको संस्थागत विकासका लागि मन्त्रालय सम्हालेकै दिनदेखि आफू लागिपरेको बताउँदै मन्त्री अथकले स्काउटको नाममा देशब्यापी रुपमा रहेका संरचनाहरुको संरक्षणमा विशेष जोड दिन आग्रह गरे।

युवाहरुलाई नैतिक शिक्षा, अनुशासन र राष्ट्रप्रेम सिकाउने संस्थाको रुपमा रहेको नेपाल स्काउटमा राजनीतिक हस्तक्षेप नहोस् भन्नेमा आफु दृढ रहेको बताउँदै मन्त्री अथकले राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा पहिचान बोकेको संस्थालाई अगाडि बढाउन सबैको सल्लाह लिएर अगाडि बढ्ने बताए।

राज्यका सबै नागरीकहरुलाई कम्तिमा पनि प्राथमिक स्तरको शैन्य तालिम दिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै मन्त्री अथकले भने, “देशभरका सरकारी तथा संस्थागत विद्यालयहरुमा स्काउट तालिम अनिवार्य गर्नुपर्ने देखिएको छ ।” हरेक घरमा कम्तिमा एक जना ब्यक्ति स्काउट भएमा त्यो घरको माहौल नै परिवर्तन हुने मन्त्री अथकले विश्वास ब्यक्त गरे ।

नेपाल सरकारले विगतदेखि नै स्काउटको विकासमा लगानी गर्दैै आएको र अबका दिनमा समेत त्यसलाई निरन्तरता दिने बताउँदै मन्त्री अथकले भने, “नेपाल स्काउटको विकासकालागि आन्तरिक तथा बाह्य लगानी भित्रने खालकोे वातावरण तयार गर्नुहोस ।”

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ८ : ३९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी