रामदेव तथा आचार्य बालकृष्णले प्रचण्ड र सीता दाहाललाई भेटे « Khabarhub

रामदेव तथा आचार्य बालकृष्णले प्रचण्ड र सीता दाहाललाई भेटे


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय योग गुरु बाबा रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । बिहीबार काठमाडौँ पुगेकै दिन रामदेव र आचार्य बालकृष्णले खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।

रामदेव र आचार्य बालकृष्णले अस्वस्थ्य रहेकी प्रचण्ड पत्नि सीता दाहाललाई पनि भेटेका छन् । यो भेटका तस्वीरहरु प्रचण्डकी छोरी ज्ञानु दाहालले फेसबुकमा सार्वजनिक गरेकी छन् ।

तस्वीरसँगै उनले लेखेकी छन्, ‘भारतीय योग गुरु एवं पतञ्जली योगपीठका संचालक स्वामी बाबा रामदेव एवं आचार्य बालकृष्णले आज खुमलटार निवासमा अध्यक्ष कमरेड प्रचण्डसंग भेट गर्नुभएको छ यसै क्रममा उहाँहरुले आमा सिता दाहाललाई भेटी स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ।’

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ८ : ५१ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी