न ढोका न ताला : कहिल्यै बन्द हुँदैन पसल  « Khabarhub

न ढोका न ताला : कहिल्यै बन्द हुँदैन पसल 


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल प्राय सबै प्रकारका पसलमा सिसी क्यामेरा जडान गरिएको हुन्छ । पसलका सामान र गल्ला (ढुकुटी)बाट पैसा चोरी हुने डरले मानिस सुरक्षाका लागि यस्ता क्यामेरा जडान गर्छन् । तर भारतमा एक यस्तो पसल छ जहाँ सिसी क्यामेरामा परको कुरा न त्यहाँ ढोका छ न पसलमा कोहि बस्छन् नै ।

यो अनौठो पसल भारतको छोटाउदयपुर जिल्लाको केवाडी गाउँमा रहेको छ । यी पसल बिना ढोका २४सै घण्टा सातै दिन खुला रहने गरेको छ । रोचक त के छ भने बिना ढोका यी पसलमा कुनै चोरी हुँदैन । यो अनौठो पसल विगत ३० वर्ष यस्तै चलिआएको छ।

१८ वर्षको उमेरमा सहिद भाई नामक व्यक्तिले यो पसल सुरुवात गरेका थिए । सईदका अनुसार ग्राहकको विश्वासका आधारमा यो पसल ३० वर्षदेखि चलिआएको छ । उनले अहिलेसम्म पसलमा ढोका वा ताला लगाएका छैनन् । अझ रोचक त के छ भने सइद पसलमा हुदाँ पनि उनले कहिल्यै ग्राहकसँग पैसा माग्दैनन् । ग्राहक आफैँ पैसा दिएर सामान लिएर जान्छन् ।

यस पसलमा किरानाका सबै सामान पाइन्छ । सईदले पसल शुरु गर्दा स्थानीयको घर–घरमा गई चाहे अनुसारको सामान आफ्नो पसलबाट लान अनुरोध गरेका थिए । सईदका अनुसार यो व्यापार गर्नुको एक मात्र नियम हो विश्वास । उनको पसलमा ४ वर्ष अघि पहिलो र अन्तिम चोरी भएको थियो । चोरले पैसा नभई ब्याटरी चोरेका थिए । तर यस विषयको अनुसन्धान गर्न आएका प्रहरी पनि सईदले कुनै गुनासो नगरेपछि फर्किएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ६ : ५२ बजे

चीनबाट तेस्रो चरणको राहत सामग्री र थप १० फरेन्सिक विज्ञ नेपाल आइपुगे

काठमाडौं– चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो चरण

भोटेकोशी बाढीपीडितका लागि टंक सापकोटाको ५१ लाख सहयोग

पोर्चुगल– टंक सापकोटाले ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग

नेतान्याहुलाई आफ्नै राजनीतिक आधारमा मत विभाजनको चुनौती

जेरुसेलम- अक्टोबर २७ मा हुने आमनिर्वाचनमार्फत पुनः सत्तामा फर्कने प्रयासमा रहेका

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढी

संसदमै लडे सांसद खड्का

काठमाडौं– नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधि सभा बैठकमै ढलेका