न ढोका न ताला : कहिल्यै बन्द हुँदैन पसल  « Khabarhub

न ढोका न ताला : कहिल्यै बन्द हुँदैन पसल 


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल प्राय सबै प्रकारका पसलमा सिसी क्यामेरा जडान गरिएको हुन्छ । पसलका सामान र गल्ला (ढुकुटी)बाट पैसा चोरी हुने डरले मानिस सुरक्षाका लागि यस्ता क्यामेरा जडान गर्छन् । तर भारतमा एक यस्तो पसल छ जहाँ सिसी क्यामेरामा परको कुरा न त्यहाँ ढोका छ न पसलमा कोहि बस्छन् नै ।

यो अनौठो पसल भारतको छोटाउदयपुर जिल्लाको केवाडी गाउँमा रहेको छ । यी पसल बिना ढोका २४सै घण्टा सातै दिन खुला रहने गरेको छ । रोचक त के छ भने बिना ढोका यी पसलमा कुनै चोरी हुँदैन । यो अनौठो पसल विगत ३० वर्ष यस्तै चलिआएको छ।

१८ वर्षको उमेरमा सहिद भाई नामक व्यक्तिले यो पसल सुरुवात गरेका थिए । सईदका अनुसार ग्राहकको विश्वासका आधारमा यो पसल ३० वर्षदेखि चलिआएको छ । उनले अहिलेसम्म पसलमा ढोका वा ताला लगाएका छैनन् । अझ रोचक त के छ भने सइद पसलमा हुदाँ पनि उनले कहिल्यै ग्राहकसँग पैसा माग्दैनन् । ग्राहक आफैँ पैसा दिएर सामान लिएर जान्छन् ।

यस पसलमा किरानाका सबै सामान पाइन्छ । सईदले पसल शुरु गर्दा स्थानीयको घर–घरमा गई चाहे अनुसारको सामान आफ्नो पसलबाट लान अनुरोध गरेका थिए । सईदका अनुसार यो व्यापार गर्नुको एक मात्र नियम हो विश्वास । उनको पसलमा ४ वर्ष अघि पहिलो र अन्तिम चोरी भएको थियो । चोरले पैसा नभई ब्याटरी चोरेका थिए । तर यस विषयको अनुसन्धान गर्न आएका प्रहरी पनि सईदले कुनै गुनासो नगरेपछि फर्किएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ६ : ५२ बजे

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री