दुर्गम र विकट क्षेत्रका पत्रकारलाई घुम्ती शिविरबाट प्रेस पास वितरण « Khabarhub

दुर्गम र विकट क्षेत्रका पत्रकारलाई घुम्ती शिविरबाट प्रेस पास वितरण


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न घुम्ती शिविरबाट दुर्गम र विकट क्षेत्रका पत्रकारलाई राहत मिलेको छ ।

जिल्लामै पत्रकार परिचयपत्र (प्रेस पास) र अनलाइन दर्ता तथा नवीकरणको सुविधा पाएपछि मुस्ताङ र म्याग्दीका पत्रकारलाई राहत मिलेको हो । सूचना तथा प्रसारण विभागको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको शिविर र क्षमता अभिवृद्धि तालिमबाट मुस्ताङ र म्याग्दीका ३० पत्रकार लाभान्वित भएका छन् ।

नेपाल पत्रकार महासङ्घ मुस्ताङ शाखासँगको सहकार्यमा दुई दिन सञ्चालन भएको शिविरमा पत्रकार परिचयपत्र र अनलाइन सञ्चारमाध्यमको दर्ता प्रमाणपत्र वितरण तथा नवीकरण सेवा दिइएको सूचना विभागका शाखा अधिकृत वसन्तबहादुर खत्रीले जानकारी दिएका छन् ।

‘१३ लाई पत्रकार परिचयपत्र (प्रेस पास) वितरण, सात वटा पत्रकार परिचयपत्र नवीकरण र एक प्रेस पास प्रतिलिपि जारी भएको छ’, उनले भने, ‘म्याग्दीका तीन र मुस्ताङका एक नयाँ अनलाइन सञ्चारमाध्यम दर्ता भएका छन् ।’ म्याग्दीबाट सञ्चालन हुने तीनवटा अनलाइन नवीकरण भएको छ ।

मुस्ताङ र म्याग्दीका २३ पत्रकारलाई प्रशिक्षक डा विजय मिश्रले क्षमता अभिवृद्धि तालिम दिएका थिए । हिमाली, दुर्गम र पिछडिएको क्षेत्रका पत्रकारलाई जिल्लामै पुगेर सेवा दिइएको शाखा अधिकृत खत्रीले बताए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : १५ बजे

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक