वैदेशिक रोजगारीबाट आर्जित पुँजी र सीपलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्छौ : मन्त्री श्रेष्ठ « Khabarhub

वैदेशिक रोजगारीबाट आर्जित पुँजी र सीपलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्छौ : मन्त्री श्रेष्ठ


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने राज्यको नीति रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मन्त्री श्रेष्ठले भनेका छन्, ‘आप्रवासी श्रमिकहरूले श्रम गरी कमाएको पैसाले आफ्नो मातृभूमिको आर्थिक विकासमा टेवा पुर्‍याइरहेका छन् भने रोजगारदाता मुलुकको विकासमा योगदान दिइरहेका छन् ।’

श्रमको सम्मान गर्दै प्रत्येक कामदारको हक रक्षाका लागि श्रम ऐन, २०७४ लाई थप श्रमिकमैत्री बनाइनुका साथै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको छ ।’

पछिल्लो समय श्रमिकमैत्री हुनेगरी विद्यमान नीति, ऐन तथा कानुनसमेत परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकसँग दुई पक्षीय सम्झौतामासमेत श्रमिकमैत्री हुने गरी पुनरवलोकन एवं नवीकरणको काममा मन्त्रालय क्रियाशील रहेको बताए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ८ : १२ बजे

नेविसंघकै नेताहरुले अध्यक्ष दुजाङ शेर्पाको पुत्ला जलाए

काठमाडौँ- नेपाल विद्यार्थी संघकै नेताहरुले संघका अध्यक्ष दुजाङ शेर्पाको पुत्ला

पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ- पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको

बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौँ- सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बैठक निष्कर्षविहीन भएको छ ।

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक रहेको पर्ने राष्ट्रपतिको

भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा

काठमाडौँ- भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा आएको छ ।