कतारको राष्ट्रिय दिवस आज, विभिन्न कार्यक्रम गरी मनाउँदै  | Khabarhub Khabarhub

कतारको राष्ट्रिय दिवस आज, विभिन्न कार्यक्रम गरी मनाउँदै 



दोहा – कतारले आज राष्ट्रिय दिवस मनाउँदैछ। दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । कर्नेसमा आर्मी र्फोस, आन्तरिक मन्त्रालय, लखुइया, नागरिक रक्षा विभागका साथै सरकारी निकायको परेड गरियो।

साँझ कतारमा जारी फिफा अरब कपको फाइनल खेल हुनेछ । त्यस्तै राति दोहाको कर्नेसमा आतिसबाजी कार्यक्रम पनि हुने बताइएको छ ।

कतारी अमिर शेख तमीम बिन हमद अल थानीले राष्ट्रिय दिवसको अवसरमा कतारको राष्ट्रिय दिवसको अवसरमा थुप्रै कैदीहरूले आममाफी पाएका छन् । तर कुन देशका कति नागरिक आममाफीमा परे भन्ने खुलाइएको छैन । कैदीबन्दीहरुको चालचलन तथा कैद भुक्तानीको आधारमा कतारका अमिरबाट हरेक वर्ष रमादान महिना र राष्ट्रिय दिवसमा कैदिहरुलाई आममाफी दिने प्रचलन छ ।

कतारले आफ्नो देशको जग बसेको १८ डिसेम्बर १८७८ को सम्झनामा हरेक वर्ष राष्ट्रिय दिवस मनाउँदै आएको छ । तत्कालीन अमिर शेख जसिम बिन मोहमद बिन अल थानीले विभाजित समुदायलाई एकतामा बाँधेर कतारको जग बसाएका थिए । उनले आधुनिक कतारको नेतृत्व गर्दै विकासको गतिमा अगाडि बढाए । स्थानीयस्तरमा उनले स्वतन्त्र र एकीकृत कतारको पक्षमा वकालत गर्दै अभियान चलाए ।

उनको नेतृत्वमा कतार स्थायित्वपूर्ण राष्ट्रका रूपमा उदय भयो । शेख जसिमले दुई शक्ति समूहहरू अरबको खाडी र बेलायती साम्राज्यलाई समदूरीमा राख्दै कतारलाई अगाडि बढाए । उनी सन् १८७६ मा कतारको डेपुटी गभर्नरका रूपमा नियुक्त भए र सन् १८८८ मा सुल्तान अब्दुल हमिदको पद पाए । सन् १८७८ मा उनी शक्तिमा आएसँगै कतारले स्वतन्त्रताको मान्यता पाउन थालेको थियो ।

सोही समयमा कतारमा शेख जसिम नेतृत्वको सेना र अटोमन सेनाबीच युद्ध भयो । कतारी सेनाले अटोमन सेनालाई पराजित गर्नु नै कतारको राजनीतिक इतिहासमा एउटा कोसेढुंगाको रूपमा लिइन्छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : ५२ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड