कतारको राष्ट्रिय दिवस आज, विभिन्न कार्यक्रम गरी मनाउँदै  « Khabarhub

कतारको राष्ट्रिय दिवस आज, विभिन्न कार्यक्रम गरी मनाउँदै 



दोहा – कतारले आज राष्ट्रिय दिवस मनाउँदैछ। दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । कर्नेसमा आर्मी र्फोस, आन्तरिक मन्त्रालय, लखुइया, नागरिक रक्षा विभागका साथै सरकारी निकायको परेड गरियो।

साँझ कतारमा जारी फिफा अरब कपको फाइनल खेल हुनेछ । त्यस्तै राति दोहाको कर्नेसमा आतिसबाजी कार्यक्रम पनि हुने बताइएको छ ।

कतारी अमिर शेख तमीम बिन हमद अल थानीले राष्ट्रिय दिवसको अवसरमा कतारको राष्ट्रिय दिवसको अवसरमा थुप्रै कैदीहरूले आममाफी पाएका छन् । तर कुन देशका कति नागरिक आममाफीमा परे भन्ने खुलाइएको छैन । कैदीबन्दीहरुको चालचलन तथा कैद भुक्तानीको आधारमा कतारका अमिरबाट हरेक वर्ष रमादान महिना र राष्ट्रिय दिवसमा कैदिहरुलाई आममाफी दिने प्रचलन छ ।

कतारले आफ्नो देशको जग बसेको १८ डिसेम्बर १८७८ को सम्झनामा हरेक वर्ष राष्ट्रिय दिवस मनाउँदै आएको छ । तत्कालीन अमिर शेख जसिम बिन मोहमद बिन अल थानीले विभाजित समुदायलाई एकतामा बाँधेर कतारको जग बसाएका थिए । उनले आधुनिक कतारको नेतृत्व गर्दै विकासको गतिमा अगाडि बढाए । स्थानीयस्तरमा उनले स्वतन्त्र र एकीकृत कतारको पक्षमा वकालत गर्दै अभियान चलाए ।

उनको नेतृत्वमा कतार स्थायित्वपूर्ण राष्ट्रका रूपमा उदय भयो । शेख जसिमले दुई शक्ति समूहहरू अरबको खाडी र बेलायती साम्राज्यलाई समदूरीमा राख्दै कतारलाई अगाडि बढाए । उनी सन् १८७६ मा कतारको डेपुटी गभर्नरका रूपमा नियुक्त भए र सन् १८८८ मा सुल्तान अब्दुल हमिदको पद पाए । सन् १८७८ मा उनी शक्तिमा आएसँगै कतारले स्वतन्त्रताको मान्यता पाउन थालेको थियो ।

सोही समयमा कतारमा शेख जसिम नेतृत्वको सेना र अटोमन सेनाबीच युद्ध भयो । कतारी सेनाले अटोमन सेनालाई पराजित गर्नु नै कतारको राजनीतिक इतिहासमा एउटा कोसेढुंगाको रूपमा लिइन्छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : ५२ बजे

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा