प्रदेश सरकारले दियो मनाङ मर्स्याङ्दी क्लबलाई १० लाख « Khabarhub

प्रदेश सरकारले दियो मनाङ मर्स्याङ्दी क्लबलाई १० लाख


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फुटबल क्लब’मनाङ मर्स्याङ्दीलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

शहीद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रङ्गशालालाई ‘होम ग्राउण्ड’रोजे पछि फुटबल विकासका लागि भनेर सरकारले सो सहयोग रकम उपलव्ध गराएको हो ।

युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार साँझ आयोजित कार्यक्रममा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को उपस्थितिमा सहयोग रकम उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरियो । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ र मनाङका अध्यक्ष मुखिया गुरुङले सम्झौतामा हस्ताक्षर गरे ।

सरकारले उपलब्ध गराएको सो रकम मनाङले टोलीको व्यवस्थापनलगायतमा खर्च गर्ने बताएको छ । साथै प्रदेशको फुटबल विकासका लागि प्रदेश खेलकुद परिषद् गण्डकीसँग मिलेर मनाङले काम गर्ने सदस्य सचिव गुरुङले बताए।

प्राविधिकल र पोखरा रङ्गशालाको संरक्षणलगायतको कार्यमा समेत सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख छ । खेलकुद मन्त्री गुरुङले मनाङजस्तो गर्विलो इतिहास भएको टोलीसँग मिलेर प्रदेशको फुटबल विकासका लागि काम गर्न पाउनु सुुखद् रहेको बताए । उनले भने, ‘प्रदेशमा यूवा खेलाडी उत्पादनमा समेत एमएमसी (मनाङ मर्स्याङ्दी क्लब)सँग मिलेर अघि बढ्न सक्छौँ ।’

मनाङले पोखरालाई ‘होम ग्राउण्ड’ रोज्नु स्वागतयोग्य रहेको जनाउँदै मन्त्री गुरुङले प्रदेश सरकारले रु १० लाख रकम व्यवस्थापनका लागि दिए पनि यसको मूल उद्देश्य भविष्यमा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्नु रहेको उल्लेख गरे । सदस्य सचिव गुरुङले मनाङसँगको सहकार्यले मुर्तरुप लिएको जनाउँदै फुटबल विकासका लागि गरिने आगामी दिन अझै व्यवस्थित योजना बनाउँदै अघि बढ्ने बताए ।

मनाङका अध्यक्ष मुखिया गुरुङले फुटबल विकासका लागि प्रदेश सरकारसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘पहिलोपटक काठमाडौँ बाहिर लिग खेल्न पोखरा आएका छौँ, प्रदेश सरकारसँग मिलेर फुटबल विकासमा अघि बढ्नेछौँ’, उनले भने।

यस वर्षको शहीद स्मारक लिगअन्तर्गत पाँचौँ चरणको खेलमा आज अपराह्न मनाङले पोखरा रङ्गशालामा नेपाल पुलिस क्लबसँग खेल्दै छ । मनाङले पोखरा रङ्गशालालाई घरेलु मैदान बनाएपछि पहिलोपटक पुलिससँग खेल्न लागेको हो । पोखरामा मनाङले तीन खेल खेल्नेछ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : २७ बजे

भोजपुरमा थपिए दुई हजार ३७९ नयाँ मतदाता

भोजपुर– मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुरमा आगामी निर्वाचनमा सहभागी हुने

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको

पहिलो त्रैमासिकमा जिल्ला प्रशासन मनाङ देशभरकै उत्कृष्ट

काठमाडौं– चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को पहिलो त्रैमासिकमा मनाङ

सुनसरीमा कसरी चल्यो गोली ? सिटी चालकको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।