खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको साँफेबगरमा विमोचन | Khabarhub Khabarhub

खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको साँफेबगरमा विमोचन


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुस- खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको बिमोचन गरिएको छ ।

साँफेबगर नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी पुस्तकको बिमोचन गरिएको हो ।

साफेबगर नगरपालिका वडा नम्बर २ सिद्धेश्वर निबासी यमराज कुँवरद्वारा लिखित खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको बिमोचन गरिएको छ । पुस्तकमा १६ वटा शीर्षकका खप्तड बाबाका बारेमा लेखिएको छ ।

पुस्तकका लेखक यमराज कुँवरले खप्तड बाबाले खप्तडलाई चिनाउन धेरै ठूलो योगदान गरे पनि उनको योगदानको कदर हुने खालको सुदूरपश्चिमका कुनै पनि कार्यक्रम हुन नसकेको बताए । खप्तड बाबाका बारेमा अनेकौ प्रश्न र जिज्ञासाहरु रहेकाले केही हदसम्म यो पुस्तकले मेटाउने बताए ।

साँफेबगर नगर प्रमुख कुँवरले खप्तड बाबाको सम्झनामा अहिलेसम्म कुनै पनि बिचार गोष्ठी र श्रद्धाञ्जलि सभाकोसमेत आयोजना गर्न नसक्नु दु:खद भएको बताए । खप्तड बाबाबो प्रेरक भनाईहरु सबैले अनुशरण गर्न आवश्यक रहेकोमा उनको जोड छ ।

उनले खप्तड बाबाप्रति धेरै भ्रमहरु रहेकाले यस बारेमा अझै धेरै अध्ययन अनुन्धान हुन जरुरी रहेको बताए । पुस्तक बिमोचनसँगै सुदूरपश्चिमकै ऐतिहासिक एउटा सम्पत्ति जोडिएको टिप्पणी गरिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १२ : ४० बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा