रकुल र फरहानको ‘पुकार’ बन्द « Khabarhub

रकुल र फरहानको ‘पुकार’ बन्द


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडमा केही दिन अघिमात्र अभिनेता फरहान अख्तर र अभिनेत्री रकुलप्रीत सिंहले निर्देशक आशुतोष गोवारिकरको फिल्म ‘पुकार’मा हस्ताक्षर गरेको खबर बाहिर आएको थियो । यसै वर्षको अन्त्यमा सुटिङ हुने सय करोड बजेटको फिल्ममा जंगलको महत्वलाई देखाइने बताइएको थियो । तर अहिले भने यो फिल्मको निर्माण काम बन्द भएको खुलासा भएको छ ।

समाचारअनुसार निर्देशक गोवारिकरले लेखक जावेद अख्तरसँग मिलेर यो फिल्मको कथा लेख्ने तयारी गरिरहेका थिए । लामो समयदेखि कुनै पनि फिल्म नलेखेका जावेद यो फिल्म लेख्न उत्सुक थिए । जसै फिल्म लेख्न सुरु गरे, फिल्ममा केही गडबढ देखियो । कैयौं हप्तासम्म फिल्मको गडबढलाई समाधान गर्न खोजे पनि समाधान हुन नसकेपछि फिल्म बन्द भएको छ ।

फिल्मका निर्माताले काँचो कथामा फिल्म नबनाउने अडान लिएका थिए । वर्षौपछि फिल्म लेखनमा आएका जावेदबाट दर्शकले हेर्ने खालको कथा निर्माताले चाहेका थिए । जुन चाहना पुरा हुन सकेन ।

आशुतोषको पछिल्लो फिल्म ‘पानीपत’ निकै ठूलो बजेटमा निर्माण भएको थियो । तर बक्सअफिसमा फिल्मले खासै कमाल देखाउन सकेन ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १२ : ३५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष