संवैधानिक अधिकार खोसेर लिनुपर्छ : उपसभामुख शर्मा « Khabarhub

संवैधानिक अधिकार खोसेर लिनुपर्छ : उपसभामुख शर्मा


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाले संविधानले व्यवस्था गरेका हक र अधिकार मागेर होइन खोसेरै लिनुपर्नेमा जोड दिएकी छन् ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको  लैङ्गिक तथा सामाजिक समावेशीकरण समितिद्वारा आज पोखरामा आयोजित जिल्लास्तरीय महिला गोष्ठी शुभारम्भ गर्दै उनले अधिकारका लागि महिला सङ्गठित भएर लाग्नुपर्ने बताएकी हुन् ।

महिलाले राजनीतिक, सामाजिक र आर्थिकरुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै सशक्तीकरणमा लाग्नुपर्ने बताउँदै उपसभामुख शर्माले  प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता हुनैपर्ने आवश्यकता औँल्याइन ।

दुःख र अन्यायमा परेका व्यक्तिको उद्धारमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै उनले निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनमा पहिलो पदमा आउने गरी पहल थाल्न महिलालाई आग्रह गरिन् ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति डण्डराज शर्माले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को जोखिमीका बेलामा रेडक्रसले आप्mना सम्पूर्ण सेवा सञ्चालन गरेर मानवप्रति समर्पित भएको जानकारी दिए ।

रेडक्रसका मन्त्री धर्मराज अधिकारी, कार्यक्रम संयोजक उर्मीला खड्का,  पत्रकार श्यामनाथ कुँवर, रेडक्रस जिल्ला कार्यसमिति सदस्य रमा कोइरालालगायतले रेडक्रसले निर्वाह गरेको भूभिकाबारे चर्चा गरेका थिए ।

तालिममा जिल्लाका विभिन्न ४८ उपशाखाका ९६ महिलाको सहभागिता छ । एकदिने सो तालिममा मोहनसिंह खड्काले ‘रेडक्रस अभियान’, उर्मीला खड्काले ‘उपशाखामा लैङ्गिक तथा सामाजिक समावेशीकरणका गतिविधि’ र खेमराज सापकोटाले ‘विपद्मा महिला, बालबालिका र ज्येष्ठ नागरिकको संरक्षण’ विषयमा प्रशीक्षण दिने छन् ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १ : २५ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण