ज्याकलिनलाई भेट्न सुकेशको महंगो लगानी « Khabarhub

ज्याकलिनलाई भेट्न सुकेशको महंगो लगानी


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– करिब दुई सय करोड रुपैंयाँको मनी लण्ड्रिङ मामलाका आरोपी सुकेश चन्द्रशेखरलाई लिएर एउटा नयाँ खुलासा भएको छ । सुकेशले अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई भेट्न पिंकी इरानीलाई ठूलो रकम दिएको खुलासा भएको हो । पिंकीलाई हालैमात्र प्रवर्तन निर्देशनालय (इडी)ले पक्राउ गरेको थियो ।

इडीका अधिकारीले शुक्रबार पिंकी र सुकेशलाई तिहाड जेल पठाएका छन् । इडीले अलग–अलग र सँगै एकै प्रश्न सोधेर बयान दर्ता गराएका थियो ।

इडीका अधिकारीहरुका अनुसार सुकेशले ज्याकलिनलाई भेट्नका लागि पिंकीलाई करोडौं रकम दिएका थिए । सुकेशले रोहिणी जेलमा रहँदा त्यहाँका कर्मचारीलाई एक महिनामा करोडौं रुपैंयाँ भुक्तान गरेर आफ्नो रंगदारी र्‍याकेट चलाइरहेको आरोप इडीको छ ।

रोहिणी जेलभित्र सुकेशलाई पुरा ब्यारेक दिइएको थियो । जहाँ उनलाई दुई मोबाइल फोन प्रयोग गर्न अनुमति थियो । उसको गतिविधिलाई अधिकारीहरुले सिसिटिभी क्यामराबाट हेर्ने गरेका थिए ।

इडीले सुकेश जेलमा रहँदा रेनबेक्सीका पूर्व प्रमोटरकी पत्नी अदिती सिंहबाट २ सय करोड रुपैंयाँ ठगी गरेका थिए । अदिती आफ्नो पति शिविन्दर मोहन सिंहलाई भेट्न जेलमा जाने गर्थिन् । जहाँ शिविन्दर सन् २०१९ मा फण्ड हेरफेर मामलामा पक्राउ परेर जेल बसेका थिए । सुकेशले अदितीलाई जेलमा भेटेर एक स्पूफिंग एपको प्रयोग गरी उनलाई भर्चुअल कल गरेका थिए । आफूलाई केन्द्र सरकारको एक अधिकारी बताउदै उनले दुई सय करोड रुपैंयाँ मागेका थिए । उनले पैसा पाएमा पतिलाई जमानत दिलाउने वचन दिएका थिए । इडीले अहिले सुकेशको पैसा विदेशमा लगानी भएको छ या छैन भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

अभिनेत्री ज्याकलिनलाई सुकेशले महंगो उपहार दिने गरेको खुलासा केही समय अघि भएको थियो । सुकेशसँग आफ्नो मेकअप आर्टिस्टको माध्यमबाट सम्पर्क भएको ज्याकलिनले इडीलाई बयान दिएकी थिइन् । केही समय अघि ज्याकलिनसँगको सुकेशको सेल्फी तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  २ : ०० बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार