हत्या आरोपमा एक जना पक्राउ « Khabarhub

हत्या आरोपमा एक जना पक्राउ


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लिम्बूले गत मंसिर २९ गते दमक नगरपालिका–६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक–२ का २५ वर्षीय तेजप्रकाश पराजुलीलाई धाराबाट पानी लिई पसलतर्फ फर्कने क्रममा धारिलो हतियार प्रहार गरेका थिए । उनको उपचारका क्रममा बिएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको थियो ।

यही पुस १ गते लिम्बूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा रिसइवीको कारणले हतियार प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग भएको धारिलो हतियार दाउ एक थान, झोला, कालो रङ्गको जुत्ता र अन्य कपडा प्रहरीले बरामद गरेको छ । पक्राउ परेका लिम्बूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी कानूनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  २ : ४५ बजे

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक