कोरोनापछि हराउँदै हाटबजार « Khabarhub

कोरोनापछि हराउँदै हाटबजार


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- केही वर्षअघिसम्म तेह्रथुमको ग्रामीण क्षेत्रहरूमा महिनैपिच्छे जस्तो हाटहरू लाग्ने गर्थे । यस्ता हाट स्थानीय उत्पादन खरिद तथा बिक्री गर्ने एक प्रमुख थलो बन्ने गर्थे ।

किसानले उत्पादन गरेको कृषिजन्य सामग्री मात्र नभई पशुचौपाया र खाद्यन्यसमेत सहजै बिक्री हुँदै आएको थियो । गाउँ नजिकै लाग्ने हाटहरूले सर्वसाधारणको आर्थिक उपार्जनमा समेत टेवा पुग्दै आएको थियो ।

तर, केही समययता जिल्लाका ६ वटै पालिकामा हटियाहरू हराउँदै गएका छन् । जिल्लाकै चर्चित छथर शनिश्चरे हाटसमेत कोरोनाका कारण दुई बर्षदेखि बन्द छ । जिल्लाको विभिन्न क्षेत्रसँगै छिमेकी जिल्ला पाँचथर र धनकुटाका गाउँबाट समेत यो हाट भर्न सर्वसाधारणा आउँथे ।

तर, पछिल्लो समय हाट नै लाग्न छाडेपछि यहाँका स्थानीय उत्पादनसमेत बिक्रीमा हुन छाडेको स्थानीय मानबहादुर लिम्बूले बताए । उनी भन्छ्न्, ‘कुनै बेला निक्कै नाम चलेको बजार हो शनिश्चरे हाट । हरेक शनिबार हाट लाथ्यो । हामीले फलाएका फलफूल र तरकारी बिक्री गर्न टाढा जानु पर्दैनथ्यो । अझ गाउँमा पाहुना आउँदा यही हटियाबाट मासु किनिन्थ्यो । तर, कोरोनाका कारण हाट नै लाग्न छाडेपछि न यहाँका उत्पादन बिक्री हुन्छन् न त आवश्यक परेको सामग्री नै किन्न पाइन्छ ।’

द्वन्द्वकालमा जिल्लाका कहलिएका केही मेला विस्थापित भएका थिए । अहिले त ऐतिहासिक मेलाहरू नाममा मात्रै सिमित बनेका छन् । कुनै समय मानिसले खचाखच हुने हटिया यतिबेला सुनसान बनेका छन् । गाउँमा सडक सञ्जालहरू जोडिएसँगै घरघरैबाट सामान ओसारपसार गर्दा पनि हटियामा असर परेको हो ।

गाउँमा रहेका हटियाहरू नागरिकको लागि भने आवश्यक रहेको स्थानीय मदन फुयाँलले बताए । गाउँमा फलाएका थोरबहुत फलफूल, तरकारी, खाद्यन्य खरिदबिक्रीका लागी हटिया लगाउनु पर्ने फुयाँलको भनाइ छ ।

जिल्लाका विभिन्न स्थानमा हरेक बार जसो हटिया लाग्दै आएका थिए । सर्वसाधारणाले स्थानीय सरकार आएपछि त हटिया अझै व्यवस्थित हुन्छन् होला भन्ने आशा गरेका थिए । तर, कोरोनाका कारण हटिया नै बन्द भएपछि निराश बनेका छन् । करिब आधा घण्टाको पैदल दुरीमा लाग्ने गरेका हटियाहरू बन्द भएपछि घण्टौ लामो यात्रा गरेर सामग्री बिक्री गर्नु पर्नै बाध्यता आएको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  २ : ५९ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण