कोरोनापछि हराउँदै हाटबजार « Khabarhub

कोरोनापछि हराउँदै हाटबजार


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- केही वर्षअघिसम्म तेह्रथुमको ग्रामीण क्षेत्रहरूमा महिनैपिच्छे जस्तो हाटहरू लाग्ने गर्थे । यस्ता हाट स्थानीय उत्पादन खरिद तथा बिक्री गर्ने एक प्रमुख थलो बन्ने गर्थे ।

किसानले उत्पादन गरेको कृषिजन्य सामग्री मात्र नभई पशुचौपाया र खाद्यन्यसमेत सहजै बिक्री हुँदै आएको थियो । गाउँ नजिकै लाग्ने हाटहरूले सर्वसाधारणको आर्थिक उपार्जनमा समेत टेवा पुग्दै आएको थियो ।

तर, केही समययता जिल्लाका ६ वटै पालिकामा हटियाहरू हराउँदै गएका छन् । जिल्लाकै चर्चित छथर शनिश्चरे हाटसमेत कोरोनाका कारण दुई बर्षदेखि बन्द छ । जिल्लाको विभिन्न क्षेत्रसँगै छिमेकी जिल्ला पाँचथर र धनकुटाका गाउँबाट समेत यो हाट भर्न सर्वसाधारणा आउँथे ।

तर, पछिल्लो समय हाट नै लाग्न छाडेपछि यहाँका स्थानीय उत्पादनसमेत बिक्रीमा हुन छाडेको स्थानीय मानबहादुर लिम्बूले बताए । उनी भन्छ्न्, ‘कुनै बेला निक्कै नाम चलेको बजार हो शनिश्चरे हाट । हरेक शनिबार हाट लाथ्यो । हामीले फलाएका फलफूल र तरकारी बिक्री गर्न टाढा जानु पर्दैनथ्यो । अझ गाउँमा पाहुना आउँदा यही हटियाबाट मासु किनिन्थ्यो । तर, कोरोनाका कारण हाट नै लाग्न छाडेपछि न यहाँका उत्पादन बिक्री हुन्छन् न त आवश्यक परेको सामग्री नै किन्न पाइन्छ ।’

द्वन्द्वकालमा जिल्लाका कहलिएका केही मेला विस्थापित भएका थिए । अहिले त ऐतिहासिक मेलाहरू नाममा मात्रै सिमित बनेका छन् । कुनै समय मानिसले खचाखच हुने हटिया यतिबेला सुनसान बनेका छन् । गाउँमा सडक सञ्जालहरू जोडिएसँगै घरघरैबाट सामान ओसारपसार गर्दा पनि हटियामा असर परेको हो ।

गाउँमा रहेका हटियाहरू नागरिकको लागि भने आवश्यक रहेको स्थानीय मदन फुयाँलले बताए । गाउँमा फलाएका थोरबहुत फलफूल, तरकारी, खाद्यन्य खरिदबिक्रीका लागी हटिया लगाउनु पर्ने फुयाँलको भनाइ छ ।

जिल्लाका विभिन्न स्थानमा हरेक बार जसो हटिया लाग्दै आएका थिए । सर्वसाधारणाले स्थानीय सरकार आएपछि त हटिया अझै व्यवस्थित हुन्छन् होला भन्ने आशा गरेका थिए । तर, कोरोनाका कारण हटिया नै बन्द भएपछि निराश बनेका छन् । करिब आधा घण्टाको पैदल दुरीमा लाग्ने गरेका हटियाहरू बन्द भएपछि घण्टौ लामो यात्रा गरेर सामग्री बिक्री गर्नु पर्नै बाध्यता आएको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  २ : ५९ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले