उर्जामन्त्री भुसालद्वारा क्षत्रपाटी निःशुल्क चिकित्सालयको अक्सिजन प्लान्ट उद्घाटन « Khabarhub

उर्जामन्त्री भुसालद्वारा क्षत्रपाटी निःशुल्क चिकित्सालयको अक्सिजन प्लान्ट उद्घाटन


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले काठमाडौँ- १७ मा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरेकी छिन् ।

दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीहरुको संस्था युनाईटेड नेवा, आईओएनलगायतका दर्जनभन्दा बढी  संस्था तथा व्यक्तिको सहयोगमा मध्य काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको दैनिक एक सय सिलिण्डर क्षमताको अक्सिजन प्लान्टको आज औपचारिक उ्दघाटन गरिएको हो ।

क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा.मनोजमान श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा मन्त्री भुसालले एक करोड ४५ लाख लागतमा निर्मित अक्सिजन प्लान्टको उद्घाटन गर्दै बढ्दो कोरोना महामारीविरुद्धमा लड्न थप मद्दत मिल्ने विश्वास व्यक्त गरिन् ।

मन्त्री भुसालले नयाँ नयाँ भाइरसको प्रभाव विश्वका अन्यत्र बढिरहेको सन्दर्भमा नेपालमा पूर्वतयारी आवश्यक रहेको बताउँदै उक्त अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले जनताको जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडां १७ का अध्यक्ष नवीन मानन्धरले अस्पतालले २०७२ सालको भूकम्प र हालको कोडिभ महामारीमा उल्लेख्य भूमिका खेलेको बताउँदै सरकारले पूर्वाधार विकासमा ध्यान दिन नसकेको बताए ।

कार्यक्रममा क्षत्रपाटी निःशुल्क चिकित्सालयका उपाध्यक्ष कुमारदेव मानन्धरले दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन हुने, स्वचालित पाइपमार्फत सिधैं अस्पतालको बेडहरुमा पुग्ने अक्सिजन प्लान्ट निर्माण सम्पन्न भएको जानकारी दिँदै छिट्टै उक्त प्लान्टबाट अक्सिजन सिलिण्डरमा भर्ने व्यवस्था हुने बताए ।

अस्पतालका अनुसार अक्सिजन प्लान्ट स्थापनाका लागि युनाईटेड नेवाः नामक संस्थाले १५ लाख, आईओएनले २० लाख, नेपाल परिवार जर्मनले पाँच लाख, एनआरटी क्लवले पाँच लाख, ढल्को परिवारले तीन लाख, हातेमालो बनस्थलीले पाँच लाख रुपैयाँ सहयोग गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ३ : ३० बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्