शिक्षकलाई कोरोना संक्रमणपछि एक साता विद्यालय बन्द « Khabarhub

शिक्षकलाई कोरोना संक्रमणपछि एक साता विद्यालय बन्द


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा- पाख्रिबास नगरपालिका-५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयका एक शिक्षकलाई कोभिड-१९ संक्रमण पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ।

विद्यालयमा कार्यरत शिक्षकलाई कोरोना देखिएपछि १० पुससम्म विद्यालय बन्द गरेको विद्यालयले जनाएको छ।

विद्यालयमा कार्यरत ति शिक्षकको कोभिड-१९ परिक्षण गर्दा नतिजा पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताए। पोजेटिभ आएका शिक्षक घरैमा होम आइसोलेसनमा छन् । विद्यालयमा कार्यरत अन्य दुई शिक्षकमा पनि कोभिड संक्रमणको आशंका गरिएकोमा नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताए ।

१० पुसपछि संक्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहे पुन: बैठक बसेर निर्णय गर्ने  रिमालले जानकारी दिए।

यता, पाख्रिबास नगरपालिकाले भने कोभिड- १९ को परीक्षणको व्यवस्था मिलाएको जनाएको छ। नगरप्रमुख वृषबहादुर राईले कोभिडको आशंका लागेका सबै विद्यार्थी र शिक्षकको परीक्षणको तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ३ : ५९ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले