वैदेशिक रोजगारबाट फर्किएर गाउँमा स्वरोजगार बनेकालाई सम्मान « Khabarhub

वैदेशिक रोजगारबाट फर्किएर गाउँमा स्वरोजगार बनेकालाई सम्मान


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– वैदेशिक रोजगारबाट फर्किएर गाउँमै स्वरोजगार बनेका खोटाङका पाँच जनालाई सम्मान गरिएको छ । विभिन्न देशमा गरेको काम र सिकेको सिपलाई गाउँमा उपयोग गर्दै स्वरोजगार बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दुर्गाबहादुर राई, कासकुमार राई, भोजकुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका रोशन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका दिपेन्द्र उदासलाई सम्मान गरिएको हो ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२१ को अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उनीहरूलाई शनिबार जनही १५ हजार रुपैयाँका साथमा ५–५ हजारको ड्रिल र ग्रेन्डर प्रदान गरेको हो । उनीहरूलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल र उपमेयर वीणादेवी राईले चेक तथा सम्मान–पत्र हस्तान्तरण गरे।

वैदेशिक रोजगारको क्रममा आर्जन गरेको सिपलाई स्वदेश फर्किएर निरन्तरता दिँदै स्वरोजगार बनेर उदाहरणीय काम गरेकोमा प्रोत्साहन स्वरुप सम्मान गरिएको वाल सेजा समाज नेपाल अन्तर्गतको सुरक्षित आप्रवासन परियोजना ९सामी०का कार्यक्रम संयोजक सन्तोष राईले बताए ।

दुवई र कतारमा आठ वर्ष बसेर फर्किएका दुर्गाबहादुरले इलेक्ट्रिसयन र प्लम्विङको काम गरिरहेका छन् । यस्तै, मलेसियामा तीन वर्ष र साउदी अरबमा १२ वर्ष बिताएका रोशनले रोशन ग्रिल उद्योग सञ्चालन गरीरहेका छन् । मलेसियाबाट फर्किएका कासकुमारले प्लम्बिङ र मेसनको काम गर्दैआएका छन् ।

मलेशियाबाट फर्किएका दिपेन्द्रले गाउँमा बंगुर फर्म सञ्चालन गरिरहेका छन् । कतार र साउदीमा पाँच वर्ष बिताएका भोजकुमार गाउँमा इलेक्ट्रिसियन र प्लम्बिङको काम गर्दै स्वरोजगार बनेका छन् । न्युजकारखाना

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ५ : १५ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले